Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने : सुमित्रा बिसी


काठमाडौँ। समितिको बैठकमा बोल्दै नेकपा एमाले सांसद सुमित्रा बिसीले निकुञ्जको सुरक्षा मजबुत तरिकाले गर्नुपर्ने बताइन ।

निकुञ्जभित्रै उद्योग खोल्न दिनेकुरा गलत रहेको र उत्खनन गरेर देशको विकास गर्ने काम राम्रो भएको बताएकी छिन् । कानून बनाउने नाममा निकुञ्जभित्रको केही प्रयोग गर्नै नमिल्ने बनाउनुले केही अर्थ नराख्ने बताइन । सांसद बिसीले समितिले दिएको सुझाव भविष्यमा पछुतो हुने खालको हुन नहुने बताइन ।

सांसद बिसीले भनिन,‘हामी सबैको उद्देश्य भनेको वातावरण पनि नबिग्रियोस्, विकास पनि होस्, वन्यजन्तुको अधिकार पनि सुनिश्चित होस् । निकुञ्जलाई कडाइका साथ संरक्षण गरौँ भन्ने उद्देश्य हो । त्यसभित्र हाम्रो देशलाई, विकासलाई नै प्रभावित पार्ने खानीहरु भए निकाल्नुपर्छ । अन्वेषणमात्रै गर्ने भनेको छ । अन्वेषण मात्रै गरेर कसरी विकास होला । त्यहीँभित्र उद्योग खोल्ने कुरा पो बेठिक कुरा होला । त्यहाँभित्रको चिज नै ननिकाल्ने भन्नेकुरा त्यति राम्रो हुन्छ भन्ने मलाई लाग्दैन । कानून बनाउने नाममा यहाँभित्रको केही पनि प्रयोग गर्न नमिल्ने कानून बनाउनुले पनि केही अर्थ राख्दैन ।’

उनले निकुञ्जभित्र रहेका खानीहरुको अन्वेषण गर्न दिने मात्रैले नपुग्ने भन्दै त्यहाँका खानी उत्खनन गर्न पनि दिनुपर्ने बताइन ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?