Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

संसारभर छरिएका नेपालीलाई जोड्न कला र संस्कृतिको भुमिका महत्वपूर्णः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले संसारभर छरिएर रहेका नेपालीलाई एकतावद्ध गर्न संस्कृति एवं कलाको महत्वपूर्ण भुमिका रहेको बताएका छन् ।

आईतवार ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’मा विभिन्न देशबाट नेपाल आएका कलाकारहरुसँग संसद भवनमा भेट्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उक्त भेटघाट कार्यक्रममा सभामुख घिमिरेले विगतमा नेपालीहरुले भोग्नुपरेको निरङ्कुश शासन, अभाव र उत्पीडनको चर्चा गर्दै अहिलेका यस्ता सांस्कृतिक कार्यक्रममा नेपालीपनको जगेर्ना हुँदै आएको उल्लेख गरे । उनले निरङ्कुश राजतन्त्रको कठोर घेराभित्र नेपाल थिचिएको कारण तत्कालीन समयमा नेपालमो कला र साहित्यसँग सम्बन्धीत कार्यक्रमहरु आयोजना हुन नपाएको उल्लेख पनि गरे ।

सभामुख घिमिरेले भने, ‘निरङ्कुश राजतन्त्रको साघुँरो घेराभित्र नेपाल छट्पटाइरहेको एउटा अफ्ठ्यारो स्थितिमा त्यहाँ कुनै वाक स्वतन्त्रता थिएन । अर्थात नेपाली जनता एउटा निरङ्कुश शासनको जाँतोमुनी पिल्सिएका थिए । आर्थिक स्थिति पनि मेरो बुझाईमा धेरै कमजोर थियो । अन्य सामाजिक, सांस्कृतिक स्वतन्त्रताका कुराहरुमा पनि त्यस्तै अवस्था थियो । त्यही बेलामा हामीले पहिलो चरणको स्वतन्त्रता प्राप्त गर्दै थियौं । त्यो भनेको पञ्चायत व्यवस्थालाई अन्त्य गरेर बहुदलीय व्यवस्था थियो, त्यहीबेला भुटानबाट ठुलो संख्यमा नेपाली मुलका धेरै नागरिकहरु लखेटिनु भयो । उनीहरुलाई स्वागत गर्नको लागि नेपाली जनताले फुलमाला लगाएर स्वागत गरेका थिए । फकिर्ने कोशिस गर्दा पनि भारत सरकारले बाटोमा सुरक्षा निकायहरु राखेर जान दिएन । हामी नेपाली र नेपाली मुलको भएको कारणले भूटान पुगेपनि पाँच पुस्तापछि नेपाली नागरिकलाई लखेट्ने काम गर्यो । त्यसकारण राष्ट्रियता के रहेछ भन्ने कुरामा भुटानी शरणार्थीहरु अझ धेरै अनुभव गर्नुभएको छ । त्यसपछि विश्वका विभिन्न देशमा रहनु भएका नेपाली भाषिहरुलाई एक ठाउँमा ल्याउने काम मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सले गरेको छ । यसको अर्थ के हो भने हामी जुन मुलकबाट ओरिजिन भयौं । त्यसको पहिचान हाम्रो संस्कार, हाम्रो भाषा र संस्कृति र साहित्यको संरक्षण गर्न सहयोग गर्छ । त्यसकारण सबैले मिलेर संसारभर रहनुभएका नेपालीहरुलाई गास्ने कुराको विकासमा आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ ।’

उनले विश्वभर रहेका नेपालीभाषीहरुलाई एउटै मञ्चमा ल्याउन मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स जस्ता कार्यक्रमले ठूलो भुमिका खेलेको बताए । संसारभर रहेका नेपालीहरुलाई गास्ने प्रयासमा सबैले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने उनको भनाइ छ ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?