Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खास्ती गरेका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुगेका छन् ।

आईतवार उनी सहित केही नेताहरु लिएर उपाध्यक्ष गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुगेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल भएको र पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशः निलम्वन गर्ने वा पदमुक्त गर्ने प्रक्रिया गलत भएको बताए । उनले आफ्नो राजनीतिक जीवन र जीवनभरको पार्टीप्रतिको लगानीलाई धुमिल पार्ने काम भएकाले आफू निर्वाचन आयोगमा आउनुपरेको स्पष्ट पारे । पार्टीमा एकता कायम गर्ने जिम्मेवारी अध्यक्षको भएको र अध्यक्षबाटै पार्टीको विधान विपरित निर्णय हुँदै जानुले पार्टीको उद्देश्य प्राप्त गर्न नसकिने बताए ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल हो । पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशः निलम्वन गर्ने वा पदमुक्त गर्ने जुन प्रक्रिया शुरु भएको छ, त्यसअनुसार मलाई पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष र केन्द्रिय सदस्यबाट पार्टीका अध्यक्षले पदमुक्त गर्नुभएको जानकारी प्राप्त गरेँ । मलाई अन्याय भएको हुनाले मेरो राजनीतिक जीवनमा उत्तारचढाव आउनसक्ने र मेरो जीवनभरको पार्टीप्रति लगानीलाई धुमिल गर्न खोज्नुभएको कारणले निर्वाचन आयोगमा म प्रति गरेको अन्यायको निवेदन दिएको छु । पार्टीको नेतृत्व र अध्यक्षज्युले यसरी गरिएका सम्पूर्ण निर्णयहरु विधानतः नभएका कारणले सुधार गर्नुपर्छ, पार्टीमा एकता कायम गर्नुपर्छ । एकजुट भएमात्रै सिद्धान्त प्राप्त गर्नसक्छौँ । आफूले गरेका कमजोरी सच्याएर पार्टीमा एकता कायम गर्न पहल गर्नुस् ।’

बर्खास्त उपाध्यक्ष गिरीले पार्टी सञ्चालनका क्रममा देखिएका समस्या समाधान नगरी एकता हुन नसक्ने र एकता नभइ उद्देश्य प्राप्ति हुन नसक्ने बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?