Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

अन्याय भएको उजुरी लिएर निर्वाचन आयोग पुगे राप्रपा नेता गिरी


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बर्खास्ती गरेका पार्टी उपाध्यक्ष मुकुन्दश्याम गिरी आफूमाथि अन्याय भएको उजुरी लिएर निर्वाचन आयोगमा पुगेका छन् ।

आईतवार उनी सहित केही नेताहरु लिएर उपाध्यक्ष गिरी निर्वाचन आयोगमा उजुरी दर्ता गराउन पुगेका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल भएको र पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशः निलम्वन गर्ने वा पदमुक्त गर्ने प्रक्रिया गलत भएको बताए । उनले आफ्नो राजनीतिक जीवन र जीवनभरको पार्टीप्रतिको लगानीलाई धुमिल पार्ने काम भएकाले आफू निर्वाचन आयोगमा आउनुपरेको स्पष्ट पारे । पार्टीमा एकता कायम गर्ने जिम्मेवारी अध्यक्षको भएको र अध्यक्षबाटै पार्टीको विधान विपरित निर्णय हुँदै जानुले पार्टीको उद्देश्य प्राप्त गर्न नसकिने बताए ।

उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी विद्यमान संविधानअनुसार निर्वाचन आयोगमा दर्ता भएको राजनीतिक दल हो । पार्टीको विधानअनुसार पार्टीलाई सञ्चालन गर्नुपर्ने ठाउँमा पार्टीको विधान विपरित पार्टीका पदाधिकारी तथा सदस्यहरुलाई क्रमशः निलम्वन गर्ने वा पदमुक्त गर्ने जुन प्रक्रिया शुरु भएको छ, त्यसअनुसार मलाई पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको उपाध्यक्ष र केन्द्रिय सदस्यबाट पार्टीका अध्यक्षले पदमुक्त गर्नुभएको जानकारी प्राप्त गरेँ । मलाई अन्याय भएको हुनाले मेरो राजनीतिक जीवनमा उत्तारचढाव आउनसक्ने र मेरो जीवनभरको पार्टीप्रति लगानीलाई धुमिल गर्न खोज्नुभएको कारणले निर्वाचन आयोगमा म प्रति गरेको अन्यायको निवेदन दिएको छु । पार्टीको नेतृत्व र अध्यक्षज्युले यसरी गरिएका सम्पूर्ण निर्णयहरु विधानतः नभएका कारणले सुधार गर्नुपर्छ, पार्टीमा एकता कायम गर्नुपर्छ । एकजुट भएमात्रै सिद्धान्त प्राप्त गर्नसक्छौँ । आफूले गरेका कमजोरी सच्याएर पार्टीमा एकता कायम गर्न पहल गर्नुस् ।’

बर्खास्त उपाध्यक्ष गिरीले पार्टी सञ्चालनका क्रममा देखिएका समस्या समाधान नगरी एकता हुन नसक्ने र एकता नभइ उद्देश्य प्राप्ति हुन नसक्ने बताए ।


प्रकाशित मिति: ४ श्रावण २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?