Trending
>>   खुट्टाले टेकेर हिँड्नुपर्ने देशको अर्थतन्त्र टाउकाले टेकेको छः पूर्वराष्ट्रपति भण्डारी >>   संविधान संशोधन प्रक्रियामा सरकारले ‘सिन्को’ समेत भाँचेन, हामीले गाली खाइराख्नुपरेको छः महामन्त्री थापा >>   कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट विधेयक बहुमतले पारित, के छ नयाँ व्यवस्था ? >>   प्रहरीमा महिलाको संख्या २० प्रतिशत पुर्‍याउन गृहमन्त्रीको निर्देशन >>   भारत–चीनबीच भएको लिपुलेक सहमतिले तात्यो संसदः एक ठाउँमा उभिए सत्तापक्ष–प्रतिपक्ष >>   न्यायाधीश मल्लको आग्रहः महिला प्रहरीबाट सुरक्षा लिनुस् >>   शिक्षा समितिमा आउँदा मलाई विधेयक रोक्न आयो भनेर आरोप लगाइयोः श्याम घिमिरे >>   चलचित्र ‘जनै हराएको मान्छे’को प्रिमियर सम्पन्नः भावुक बने कलाकार >>   सरकारले संविधानको अपमान गरिरहेको छ : रास्वपा >>   घट्यो वैदेशिक सहायता : अघिल्लो आवको तुलनामा ०.४९ प्रतिशत कमि
Logo
४ भाद्र २०८२, बिहीबार
४ भाद्र २०८२, बिहीबार

सांसद सुवेदीको संशोधन प्रश्तावः सबै विमानस्थल र ग्राउण्ड ह्यान्डलिङ सेवा प्राधिकरणकै व्यवस्थापनमा राखौँ


काठमाडौँ। नेकपा (माओवादी केन्द्र) की सांसद विमला सुवेदीले सबै विमानस्थलको सञ्चालन र ग्राउण्ड ह्यान्डलिङ सेवा नेपाल हवाई सेवा प्राधिकरणकै व्यवस्थापनमा राख्नुपर्ने धारणा राखेकी छिन् ।

शुक्रवार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथिको छलफलमा बोल्दै सांसद सुवेदीले यस्तो बताएकी हुन् । निजी क्षेत्र नाफामुखी हुने भएकाले घाटामा रहेका वा दुर्गमस्थलका विमानस्थलहरू निजी क्षेत्रबाट उपेक्षा हुने सम्भावना रहेको कारण सबै विमानस्थल सञ्चालन प्राधिकरणले गर्नुपर्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ छ । सांसद सुवेदीले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने ग्राउण्ड ह्याण्डलिङ सेवा सम्बन्धी विधेयकको दफा १६ मा पनि अस्पष्टता रहेको भन्दै उनले विधेयकमा त्यसलाई स्पष्ट पार्न आग्रह गरिन । उनले ग्राउण्ड ह्याण्डलिङ सेवा प्राधिकरण आफैंले सञ्चालन गर्ने नभए खुला प्रतिस्पर्धाबाट दिने व्यवस्था गरिनुपर्ने बताइन । खुला प्रतिष्पर्धाबाछ निजी क्षेत्रलाई दिएको खण्डमा त्यसको गम्भीरताका साथ सुपरिवेक्षण हुनुपर्ने सांसद सुवेदीको भनाइ छ ।

उनले भनिन, ‘निजी क्षेत्र नाफामुखी हुने हुँदा नाफामा रहेका विमानस्थलमा मात्र संलग्न हुने र घाटामा रहेका तथा दुर्गमस्थलमा रहेका विमानस्थल निजी क्षेत्र संलग्न नहुने हुँदा घाटामा तथा दुर्गममा रहेका विमानस्थल सञ्चालन गर्नका लागि पनि सबै विमानस्थल प्राधिकरणबाट नै सञ्चालन तथा व्यवस्थापन हुनुपर्छ । त्यस्तै दफा १६ रहेको अन्तर्राष्ट्रिय विमानस्थलभित्र सञ्चालन हुने ग्राउण्ड ह्यान्डलिङ सेवा समेत सञ्चालन आफैँले गर्ने वा खुला प्रतिष्पर्धिबाट गराउने कुरा स्पष्ट आएको छैन । यो राख्नुपर्छ । यदि खुला प्रतिष्पर्धाबाट गर्ने पनि त्यसको सुपरीवेक्षण गर्ने व्यवस्था गरिनुपर्छ ।’

नेपालको हवाई क्षेत्रलाई नियामक र सेवाप्रदायकको रुपमा छुट्टइसक्नुपर्ने सीमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)ले दिएको थियो । सोही सीमाको अधिनमा रही सरकारले उक्त विधेयक अघि बढाएको हो ।


प्रकाशित मिति: २ श्रावण २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?