Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते


२५ चैत्र, एजेन्सी । पूर्वी श्रीलङ्काको त्रिन्कोमालीस्थित एक रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् र उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको छ भने रेल विभागका दुई कर्मचारी घाइते भएका छन् ।

श्रीलङ्कामा रेल दुर्घटना हुनु सामान्य कुरा हो । तथापि, यस्ता दुर्घटनाहरूबाट घातक चोटपटकहरू भने कमै हुने गरेको पाइन्छ ।

रेल विभागका अनुसार श्रीलङ्कामा सन् २०२० मा २९, सन् २०२१ मा ३४ र सन् २०२२ को नोभेम्बरसम्ममा ४५ वटा रेल दुर्घटना भएका थिए ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?