Trending
>>   एक्कासी सुनको मुल्यमा आयो ठूलो गिरावट, चाँदी पनि सस्तो >>   सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ >>   समानुपातिकका ११० सांसदलाई आज प्रमाणपत्र, सरकार गठनको बाटो खुल्ने >>   गगनको राजीनामापछि कांग्रेस ‘टर्निङ प्वाइन्ट’ मा—विश्वप्रकाशको चाल प्रतीक्षा >>   सरकारमाथि बास्कोटाको टिप्पणी : “अब जनताले बहाना मान्दैनन्” >>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस
Logo
५ चैत्र २०८२, बिहीबार
५ चैत्र २०८२, बिहीबार

श्रीलङ्कामा रेल दुर्घटना हुँदा १६ जना घाइते


२५ चैत्र, एजेन्सी । पूर्वी श्रीलङ्काको त्रिन्कोमालीस्थित एक रेलवे स्टेसननजिकै शुक्रबार दिउँसो रेल दुर्घटना हुँदा कम्तीमा १६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उक्त घटनामा नौ महिला, पाँच पुरुष र दुई बालक घाइते भएका छन् र उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

रेल विभागका अनुसार रेलको तीन भागमा पूरै क्षति पुगेको छ भने रेल विभागका दुई कर्मचारी घाइते भएका छन् ।

श्रीलङ्कामा रेल दुर्घटना हुनु सामान्य कुरा हो । तथापि, यस्ता दुर्घटनाहरूबाट घातक चोटपटकहरू भने कमै हुने गरेको पाइन्छ ।

रेल विभागका अनुसार श्रीलङ्कामा सन् २०२० मा २९, सन् २०२१ मा ३४ र सन् २०२२ को नोभेम्बरसम्ममा ४५ वटा रेल दुर्घटना भएका थिए ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?