Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

२०२२ मा भारतमा करिब ६२ लाख विदेशी पर्यटक भित्रिए


२५ चैत्र, एजेन्सी । भारतमा ६१ लाख ९० हजार विदेशी पर्यटक भित्रिएको पर्यटन मन्त्रालयले शुक्रबार जनाएको छ ।

कोभिडजन्य प्रतिबन्धका कारण सन् २०२१ मा १५ लाख २० हजार विदेशी पर्यटक मात्र भारत आएका थिए ।

अध्यागमन विभागको तथ्याङ्कलाई उद्धृत गर्दै पर्यटन मन्त्रालयले कोभिड–१९ महामारीपछि यो पुन ः उत्थानको सङ्केत भएको जनाएको छ ।

कोभिडजन्य परिस्थितिका कारण पर्यटनमा समस्या आउनु पहिले सन् २०१९ मा एक करोड नौ लाख ३० हजार विदेशी पर्यटक भारत आएका विभागले जानकारी गराएको छ ।

विदेशी पर्यटकको आगमन बढाउन पर्यटन प्रवद्र्धनका लागि सङ्घीय सरकारले पहल गरिरहेको, पर्यटकका लागि अनुभवलाई राम्रो बनाउन पर्यटनसम्बन्धी पूर्वाधार विकासका लागि स्थानीय तहलाई आर्थिक सहयोग समेत उपलब्ध गराउन लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आन्तरिक तथा बाह्य पर्यटकका लागि चौबिसै घण्टा बहुभाषिक पर्यटक सूचना हेल्पलाइन स्थापना गरेको छ ।


प्रकाशित मिति: २५ चैत्र २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?