Trending
>>   काँग्रेस–एमालेले अविलम्व सहकार्य गरेर अघि बढ्नुपर्छः रामबहादुर थापा >>   टुँडिखेलमा हर्षोल्लासका साथ तमु ल्होसार मनाइयो (तस्बिरहरु) >>   नेपालमा च्याउ खेतीको प्रचुर सम्भावना छः कृषिमन्त्री परियार >>   न्यु डायमण्ड सेमिफाइनलमा >>   कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउन सकिन्छः अर्थमन्त्री खनाल >>   सेन्ट्रल ओपनमा राहुलको अग्रता कायमै >>   रवि, बालेन, कुलमानलक्षित ओलीको टिप्पणीः कुखुरा, बाख्रा र स्यालको मोर्चा गरेर बाघको शिकार हुँदैन >>   नेपालमा अब नेपाली कम्युनिष्ट पार्टीको विकल्प छैनः माधव नेपाल >>   मदन–आश्रितका हत्यारालाई कानूनको कठघरामा उभ्याउनेछौँः रामबहादुर थापा >>   सामाजिक सञ्जाल र शहरमा होहल्ला गर्नेहरूले देश कब्जा गरिसकेको भ्रम फैल्याएः प्रचण्ड
Logo
१६ पुष २०८२, बुधबार
१६ पुष २०८२, बुधबार

जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ : अध्यक्ष पाण्डे


काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तिब्र रुपमा विस्तार हुन जरुरी रहेको बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जीडीपिमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने बताएका हुन् । उनका अनुसार रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रले नै हो । राज्यले उद्योगहरु स्थापनामा जोड दिनुपर्छ । अध्यक्ष पाण्डेले समग्र आर्थिक क्षेत्रको विकासका लागि उद्योगहरुको योगदान बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । सोही उद्देश्य अनुरुप आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अठोटसहित नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मेक इन नेपाल स्वदेशी अभियान नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको छ । यो अभियानलाई सहयोग गर्नेगरी नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धि निर्देशिका ल्याएको छ । यसको पूर्ण कार्यान्वयनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवंम विकास गर्नेमा सहयोग गर्ने पाण्डेले बताएका छन् ।

अध्यक्ष पाण्डेले भने–‘मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढाउँदै प्रतिष्पर्धी विश्व परिवेशमा उत्पादनहरुको आन्तरिक खपत बढाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरी अघि बढाउनु आजको आवश्यकता हो । कुनै समयमा खाद्यन्न निर्यात गर्ने मुलुक अर्बौंको खाद्यन्न आयात गरेर उपभोग गरिरहेको छ । १५ प्रतिशतसम्म जीडीपीमा योगदान गरेको उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।’

उनले नेपाल सरकारबाट थप नीतिगत व्यवस्था हुन जरुरी रहेको बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?