Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

जीडीपीमा उद्योग क्षेत्रको योगदान बढाउनुपर्छ : अध्यक्ष पाण्डे


काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योगहरु राष्ट्रका आधार भएकाले तिब्र रुपमा विस्तार हुन जरुरी रहेको बताएका छन् ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिक उत्सवका अवसरमा आयोजित आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जीडीपिमा उद्योग क्षेत्रको योगदान घटेको र त्यसलाई बढाउन उद्योग क्षेत्रको विस्तार हुनुपर्ने बताएका हुन् । उनका अनुसार रोजगारी सिर्जना गर्दै समग्र राष्ट्रको विकासमा महत्वपूर्ण योगदान गर्ने उद्योग क्षेत्रले नै हो । राज्यले उद्योगहरु स्थापनामा जोड दिनुपर्छ । अध्यक्ष पाण्डेले समग्र आर्थिक क्षेत्रको विकासका लागि उद्योगहरुको योगदान बढाउँदै लैजानुपर्ने आवश्यकता रहेको बताए । सोही उद्देश्य अनुरुप आयात प्रतिस्थापन गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने अठोटसहित नेपाल सरकार उद्योग वाणिज्य मन्त्रालयसँगको सहकार्यमा मेक इन नेपाल स्वदेशी अभियान नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको छ । यो अभियानलाई सहयोग गर्नेगरी नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग सम्बन्धि निर्देशिका ल्याएको छ । यसको पूर्ण कार्यान्वयनले स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने एवंम विकास गर्नेमा सहयोग गर्ने पाण्डेले बताएका छन् ।

अध्यक्ष पाण्डेले भने–‘मुलुकको दिगो आर्थिक विकासका लागि स्वदेशी उत्पादन बढाउँदै प्रतिष्पर्धी विश्व परिवेशमा उत्पादनहरुको आन्तरिक खपत बढाउँदै विश्व बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरी अघि बढाउनु आजको आवश्यकता हो । कुनै समयमा खाद्यन्न निर्यात गर्ने मुलुक अर्बौंको खाद्यन्न आयात गरेर उपभोग गरिरहेको छ । १५ प्रतिशतसम्म जीडीपीमा योगदान गरेको उद्योग क्षेत्रको योगदान घटेर ५ प्रतिशतको हाराहारीमा आइपुगेको छ ।’

उनले नेपाल सरकारबाट थप नीतिगत व्यवस्था हुन जरुरी रहेको बताए ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?