Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

नक्कली सुन देखाई ठगी गर्ने तीन जना पक्राउ


काठमाडौं। नक्कली सुन देखाई ठगी गरेको अभियोगमा पक्राउ पर्नेहरूमा ललितपुर सातदोबाटो बस्ने ताप्लेजुङ फाकुम्बा गाउँपालिका-६ घर भएका ६० वर्षीय कर्णध्वज लिम्बु, रामेछाप शैलुङ्ग गाउँपालिका-८ दोरम्बा घर भएका ३६ वर्षीय बिजय तामाङ र ताप्लेजुङ मेरिङदेन गाउँपालिका-२ घर भएका ४४ वर्षीय बिरेन लिम्बु रहेका छन् ।

धातुको ढिक्कालाई सुन हो सस्तोमा दिन्छु भनी प्रलोभनमा पारी २०८१ मंसिर ८ गते ललितपुर, ललितपुर महानगरपालिका-२१ खोकना बस्ने एक जना पीडितबाट नगद २५ लाख रूपैयाँ र २०८२ असार १८ गते भक्तपुर सूर्यविनायक नगरपालिका-४ बस्ने काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका-१ घर भएका एक जना पीडितबाट नगद ७ लाख रूपैयाँ ठगी गरी फरार रहेको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं टोखा नगरपालिका-५ श्रीटोलबाट पक्राउ गरेको हो ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?