Trending
>>   राष्ट्रिय सभा खारेज गर्ने विषयमा पनि छलफल गर्न सकिन्छः रामकुमारी झाँक्री >>   राष्ट्रिय लिगमा शिर्ष स्थानको एपिएफ बराबरीमा रोकियो >>   नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरू को कस्ता ? >>   ४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते >>   इरानमाथिको अमेरिकी–इजरायली आक्रमणविरुद्ध वासिङ्टनमा प्रदर्शन >>   खर्बपति उद्योगीदेखि मुलुकको ढुकुटी चलाएका पूर्वअर्थमन्त्रीसम्मै पराजित >>   धुवाँ र धुलोको कचौरामा काठमाडौंः सास फेर्नै सकस (फोटो फिचर) >>   अब बन्ने सरकारसँग सहकार्य गर्न निजी क्षेत्र आतुर >>   महिलामाथि हुने विभेद राज्यको माथिल्लो तहसम्मै छः पूर्वमुख्यसचिव गड्तौला >>   आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन सक्दैनः वरिष्ठतम न्यायाधीश मल्ल
Logo
२५ फाल्गुन २०८२, सोमबार
२५ फाल्गुन २०८२, सोमबार

मनसुनजन्य विपद्बाट ३ हप्तामा पाकिस्तानमा १२४ जनाको मृत्यु


एजेन्सी। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) काअनुसार मनसुनको वर्षा र यससँग सम्बन्धित घटनाहरूले विगत तीन हप्तामा पाकिस्तानभर १ सय २४ जनाको मृत्यु भएको छ । २ सय ६४ जना घाइते भएका छन् ।

आफ्नो पछिल्लो अवस्था प्रतिवेदनमा एनडीएमएले जुन २६ देखि जुलाई १६ सम्ममा हताहत रेकर्ड गरिएको बताएको छ । जसमा पछिल्लो २४ घण्टामा आठ नयाँ मृत्यु र ११ जना घाइते भएको रिपोर्ट गरिएको छ । पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा ४९ जनाको मृत्यु र १५८ जना घाइते भएका छन् ।

त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ३८ जनाको मृत्यु र ५७ जना घाइते भएका छन् । दक्षिणी सिन्ध प्रान्तमा २० जनाको मृत्यु र ४० जना घाइते भएको रिपोर्ट गरिएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १६ जनाको मृत्यु र चार जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित कश्मीरमा एक जनाको मृत्यु र पाँच जना घाइते भएको रिपोर्ट गरिएको छ । पाकिस्तानमा हरेक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म भारी मनसुनी वर्षा हुन्छ ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?