Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
९ माघ २०८२, शुक्रबार
९ माघ २०८२, शुक्रबार

मनसुनजन्य विपद्बाट ३ हप्तामा पाकिस्तानमा १२४ जनाको मृत्यु


एजेन्सी। राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) काअनुसार मनसुनको वर्षा र यससँग सम्बन्धित घटनाहरूले विगत तीन हप्तामा पाकिस्तानभर १ सय २४ जनाको मृत्यु भएको छ । २ सय ६४ जना घाइते भएका छन् ।

आफ्नो पछिल्लो अवस्था प्रतिवेदनमा एनडीएमएले जुन २६ देखि जुलाई १६ सम्ममा हताहत रेकर्ड गरिएको बताएको छ । जसमा पछिल्लो २४ घण्टामा आठ नयाँ मृत्यु र ११ जना घाइते भएको रिपोर्ट गरिएको छ । पूर्वी पञ्जाव प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । जसमा ४९ जनाको मृत्यु र १५८ जना घाइते भएका छन् ।

त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा ३८ जनाको मृत्यु र ५७ जना घाइते भएका छन् । दक्षिणी सिन्ध प्रान्तमा २० जनाको मृत्यु र ४० जना घाइते भएको रिपोर्ट गरिएको छ भने दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १६ जनाको मृत्यु र चार जना घाइते भएका छन् । पाकिस्तान नियन्त्रित कश्मीरमा एक जनाको मृत्यु र पाँच जना घाइते भएको रिपोर्ट गरिएको छ । पाकिस्तानमा हरेक वर्ष जुलाईदेखि सेप्टेम्बरसम्म भारी मनसुनी वर्षा हुन्छ ।


प्रकाशित मिति: १ श्रावण २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?