Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको छः मदनकृष्ण श्रेष्ठ


काठमाडौँ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्र आइसकेपछि देशमा धेरै विकास भएको दाबी गरेका छन् ।

महानगर यातायात प्रा.लि.को विद्युतीय बस सेवा सञ्चालन कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपाल अब विद्युतीय बस चढ्ने युगमा आइसकेको बताए । सडकहरु गाउँगाउँमा पुगेको र बिजुली बत्ती पनि गाउँगाउँमा पुगेको अवस्था रहेको बताए । नेपालले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसकेको भन्दै विद्युतबाट चल्ने बसहरु सञ्चालन गर्नेकुरा राम्रो भएको बताए ।

उनले भने, ‘हाम्रो देश पनि अब इभी मोटर चढ्ने युगमा आइसकेको छ । बाटोघाटो गाउँगाउँमा पुगेको छ । बिजुली गाउँ गाउँमा पुगेको छ । हामीले पेट्रोल डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौँ । अब आफ्नै फ्युल करेन्टबाट चढ्ने बेला आएको छ । यो एकदमै राम्रो हो । लोकतन्त्र आएपछि धेरै डेभलपहरु मैले देखेको छु ।’

वरिष्ठ कलाकार श्रेष्ठले जोमसोममा मोटर जाला भन्ने आफूले कल्पनै नगरेको भएपनि पछिल्लो समय मोटरबाटै जोमसोम पुगेर आएको बताए । बसको मात्रा र बसको स्ट्याण्डर बढ्न जरुरी रहेको बताए ।


प्रकाशित मिति: ३२ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?