Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन राष्ट्रपतिको आग्रह


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन आग्रह गरेका छन् ।

शितल निवासमा आयोजित कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । उनले सिमित बजारबाट हुर्केको चलचित्रको बजार आजको स्थितिमा विस्तार हुनु खुशीको कुरा भएको बताए । चलचित्रका माध्यमबाट राष्ट्रिय लोककथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विभिन्न जातजाति, भाषाभाषीका पहिचान जस्ता विषयलाई सशक्त रुपमा अभिव्यक्त गरिने हुँदा यसको संरक्षणमा चलचित्रले खेल्ने सशक्त भुमिकालाई बिर्सिन नहुने पनि स्पष्ट पारे । उनले पछिल्लो समयमा आदिवासी, जनजाति लगायतका कला, भाषा, भेषभुषा, भाषा, संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको दाबी गरे ।

राष्ट्रपति पौडेलले भने, ‘गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा हाम्रो ध्यान जानु आवश्यक छ । सिमित बजारबाट हुर्केको चलचित्रको बजार आज जुन रुपमा विकास र विस्तार भएको छ, त्यो खुशीको विषय हो । चलचित्रका माध्यमबाट राष्ट्रिय लोककथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विभिन्न जातजाति, भाषाभाषीका पहिचान जस्ता विषयलाई सशक्त रुपमा अभिव्यक्त गरिने हुँदा यसको संरक्षणमा चलचित्रले खेल्ने सशक्त भुमिकालाई हामीले बिर्सिनु हुँदैन । पछिल्लो समयमा आदिवासी, जनजाति लगायतका कला, भाषा, भेषभुषा, भाषा, संस्कृतिका कथाले पाएको प्राथमिकताले चलचित्र उद्योगमा समावेशिता, पहिचान र विविधताको पक्षलाई सबल बनाउँदै लगेको छ ।’

राष्ट्रपति पौडेलले नेपाल आफैँमा एउटा प्राकृतिक चलचित्र स्टुडियो भएको बताए । नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?