Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

काँग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न सकेनः गुरु घिमिरे


काठमाडौँ। नेपाली काँग्रेस नेता गुरु घिमिरेले नेपाली काँग्रेस महाधिवेशनको प्रक्रियामा अघि बढ्न नसकेको बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले यो वर्ष महाधिवेशनको वर्ष भएको उल्लेख गर्दै देश सामान्य रुपबाट अघि बढिरहेको अवस्थामा सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा त्यसो हुन नसकेको बताए । समयमै महाधिवेशन गरेर ०८४ को आम निर्वाचनतिर ध्यान केन्द्रित गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै असन्तुष्टि जनाए । ०८४ को निर्वाचन नेपाली काँग्रेसका लागि संकटपूर्ण हुनेवाला रहेको बताए ।

उनले भने, ‘महाधिवेशनको प्रक्रिया अघि बढ्न सकिरहेको छैन । महाधिवेशनको वर्ष हो यो । देश सामान्य रुपबाट अघि बढेको अवस्थामा हामीले सम्पूर्ण ध्यान महाधिवेशनमा लगाउनुपर्नेमा हामीले लगाइरहेका छैनौँ । हाम्रो ध्यान कता छ थाहा छैन । समयमै महाधिवेशन गरेर ०८४ को आम निर्वाचनतिर ध्यान केन्द्रित गर्नुपर्नेमा त्यो भइरहेको छैन । ०८४ को निर्वाचन हाम्रा लागि इतिहासकै संकटपूर्ण हुनेवाला छ । नेपालका कम्युनिष्टहरु एउटा वृहत दायरामा समेटिने र सिंगो कम्युनिष्ट पार्टी बनाएर नेपाली काँग्रेसमाथि खनिने तयारीमा छन् । परम्परागत शक्तिहरु सक्रिय भएका छन् ।’

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले आफूहरु काँग्रेस बन्दा काँग्रेस पार्टीको अधिवेशनमा समेत सयौँको संख्यामा प्रहरी प्रयोग गरेर सभापति बन्छन् भन्ने सोचेर नबनेको बताए । उनले काँग्रेस पछिल्लो समय पार्टीको सिद्धान्तबाट विचलित हुँदै गएको बताए ।

उनले भने, ‘काँग्रेस बनिरहँदा हामीले के सोचेको होइन भने काँग्रेस पार्टीको अधिवेशनमा समेत सयौँको संख्यामा प्रहरी प्रयोग गरेर हाम्रा पार्टी सभापतिहरु पार्टी सभापति बन्लान्, भन्ने अपेक्षाले काँग्रेस बनेका होइनौँ । त्यसको ज्वलन्त घटना हामीले देख्यौँ ।’

काँग्रेस नेता राधेश्याम पाठकले आफूहरुमाथि गरिएको कारबाही विधान विपरित रहेको बताए । उनले आफूहरु हामी विपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा हिँड्ने भएकाले कारबाहीको प्रवाह नगर्ने बताए ।

उनले भने, ‘जुन कारबाही भएको छ । त्यो विधान विपरित छ । हामी विपीको लोकतन्त्र, समाजवाद र राष्ट्रियतामा हिँड्ने मान्छे हो । हामी कुनै गद्दारी, कुनै दलाल, भ्रष्टाचारी गर्ने नेताको कार्यकर्ता होइन ।’

काँग्रेसको अनुशासन समितिले पार्टी हित विपरित कार्य गरेको भन्दै केही नेता, कार्यकताहरुलाई कारबाहीको सिफारिस गरेको छ । कारबाहीप्रति केही नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?