Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सरकारले संसदलाई विचौलियाको खेल मैदान बनाउँदै कुशासनको पहाड ठड्यायोः अध्यक्ष दाहाल


काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले दुई ठूला दलहरू मिलेर बनेको सरकारले संसदलाई विचौलियाको खेलमैदान बनाएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् । संसदलाई बिचौलियाको खेलमैदान बनाइनु देश र जनताका लागि लज्जास्पद र खेदजनक भएको उनको टिप्पणी छ । उनले वर्तमान सुशासनको डरले बनेको सरकार भएको पनि टिप्पणी गरे । वर्तमान सरकारले संख्याको दम्भमा कुशासनका पहाड ठड्याएको आरोप लगाउँदै सरकार बिचौलियाको पक्षमा छ भन्ने कुरा आम नागरिक र सत्तारुढ दलकै नेताहरुको भाषा बन्न पुगेको उनको टिप्पणी छ ।

उनले भने, ‘दुई ठूला दल मिल्दा जस्तो गरेपनि हुन्छ भन्ने निरङ्कुशतावादी सोच बोकेर संसदको जसरी हुर्मत लिइएको छ र कथित दुई दलको अहंकारले सार्वभौम संसदलाई समेत बिचौलियाहरुको खेल मैदान बनाइँदैछ । यो देश र नेपाली जनताको लागि दुर्भाग्यपूर्ण र खेदजनक छ ।’

उनले संसदीय समितिबाट विधेयकहरू सर्वसम्मत पारित भए पनि प्रतिनिधि सभामा पुग्दा भएका चलखेल र हस्तक्षेपभएको भन्दै आपत्ति जनाए ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?