Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पिकेके निशस्त्रीकरण टर्कीको ऐतिहासिक क्षणः एर्दोगान


एजेन्सी। कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले निःशस्त्रीकरण प्रक्रिया शुरु गरेसँगै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको लागि इतिहासमा नयाँ पृष्ठका रुपमा घोषणा गरेका छन् । ४७ वर्ष लामो आतंकवादको प्रकोप अन्त्यको चरणमा प्रवेश गरेको उनको भनाइ छ ।

अंकारा प्रान्तको किजिलकाहमाम जिल्लामा आफ्नो सत्तारुढ न्याय र विकास पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले उक्त टिप्पणी गरे । गत शुक्रवार इराकको उत्तरी सुलेमानियाह प्रान्तमा एक प्रतिकात्मक समारोहमा पिकेके लडाकूहरूको समूहले आफ्ना हतियारहरू जलाएका थिए ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीवद्ध पिकेकेले चार दशकभन्दा बढी समयदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएको छ ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?