Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

पिकेके निशस्त्रीकरण टर्कीको ऐतिहासिक क्षणः एर्दोगान


एजेन्सी। कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) ले निःशस्त्रीकरण प्रक्रिया शुरु गरेसँगै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको लागि इतिहासमा नयाँ पृष्ठका रुपमा घोषणा गरेका छन् । ४७ वर्ष लामो आतंकवादको प्रकोप अन्त्यको चरणमा प्रवेश गरेको उनको भनाइ छ ।

अंकारा प्रान्तको किजिलकाहमाम जिल्लामा आफ्नो सत्तारुढ न्याय र विकास पार्टीका सदस्यहरूलाई सम्बोधन गर्दै एर्दोगानले उक्त टिप्पणी गरे । गत शुक्रवार इराकको उत्तरी सुलेमानियाह प्रान्तमा एक प्रतिकात्मक समारोहमा पिकेके लडाकूहरूको समूहले आफ्ना हतियारहरू जलाएका थिए ।

टर्की, संयुक्त राज्य अमेरिका र युरोपेली संघद्वारा आतंकवादी संगठनको रूपमा सूचीवद्ध पिकेकेले चार दशकभन्दा बढी समयदेखि टर्की सरकार विरुद्ध विद्रोह गर्दै आएको छ ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?