Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

सिरियाको स्वेइडामा ड्रुज–बेदुइन झडपमा मृत्यु हुनेको संख्या १८ पुग्यो


एजेन्सी। स्थानीय सञ्चारमाध्यम र सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार आईतबार सिरियाको दक्षिणी प्रान्त स्वेइडामा स्थानीय ड्रुज समुदाय र बेदुइन जनजातिबीच भएको भीषण झडपमा कम्तीमा १८ जनाको मृत्यु भएको छ । करिव ५० जना घाइते भएका छन् । मृत्यु हुनेमा ड्रुज समुदायका १४ सदस्य र चार बेदुइन जनजातिहरू समावेश छन् ।

घाइतेहरूमा धेरै बालबालिका र गम्भीर अवस्थामा रहेका व्यक्तिहरू छन् । स्वेइडाका धेरै क्षेत्रहरूमा हिंसा तिब्र भएको छ । अहिलेसम्म कुनै आधिकारिक हस्तक्षेपको घोषणा नभएकोले स्थानीय समुदायका नेताहरूले दुवै पक्षका बन्दीहरूको रिहाइको लागि मध्यस्थता र वार्ता गर्ने प्रयास गरिरहेका छन् ।


प्रकाशित मिति: ३० असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?