Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

अहिले लोकतन्त्र र गणतन्त्रको युग होः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताएका छन् ।

आईतवार शितल निवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको युगमा सरकारले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्ने बताए । उनले राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताए । रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै उनले भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका उल्लेख गरे । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताए ।

उनले भने, ‘रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको छ । भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका छन् । नेपाली भाषाले विस्तार पाएको छ । नेपालमा सझा भाषिक संस्कृतिको निर्माण हुँदै आएको छ । आजको युग लोकतन्त्रको र गणतन्त्रको युग हो । राज्यले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्छ । र राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्छ । यस पृष्ठभूमिमा भानुभक्तका योगदानलाई पनि आधुनिक चेतनाका साथ अघि बढाउनु आवश्यक छ । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन् । प्रत्येक भाषाका श्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषाको साहित्य सिर्जना गर्नुभएको छ । भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्य तीर्थस्थलका रुपमा विकास गर्ने अवधारणाका रुपमा यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्वित गर्न आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्ने बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?