Trending
>>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

अहिले लोकतन्त्र र गणतन्त्रको युग होः राष्ट्रपति पौडेल


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले अहिले लोकतन्त्र र गणतन्त्रको युग भएको बताएका छन् ।

आईतवार शितल निवासमा आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आजको युगमा सरकारले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्ने बताए । उनले राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्ने बताए । रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको भन्दै उनले भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका उल्लेख गरे । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि भएको बताए ।

उनले भने, ‘रामायणले नेपालमा पठन संस्कृतिसमेत निर्माण गरेको छ । भानुभक्तका काव्यकृतिले नेपाली समाजमा भावनात्मक एकताको सन्देश प्रवाहित गरेका छन् । नेपाली भाषाले विस्तार पाएको छ । नेपालमा सझा भाषिक संस्कृतिको निर्माण हुँदै आएको छ । आजको युग लोकतन्त्रको र गणतन्त्रको युग हो । राज्यले सबै नेपालीलाई समान रुपमा न्याय दिनुपर्छ । र राज्यका श्रोत तथा साधनमा सबैलाई पहुँच दिनुपर्छ । यस पृष्ठभूमिमा भानुभक्तका योगदानलाई पनि आधुनिक चेतनाका साथ अघि बढाउनु आवश्यक छ । भानुभक्त नेपाली भाषाका कवि मात्र नभएर मातृभाषालाई माया गर्ने सबैका साझा कवि हुन् । प्रत्येक भाषाका श्रष्टाले भानुभक्तबाट प्रेरणा लिएर आआफ्नो मातृभाषाको साहित्य सिर्जना गर्नुभएको छ । भानु साहित्य उद्यानले अघि सारेको चुँदीरम्घालाई साहित्य तीर्थस्थलका रुपमा विकास गर्ने अवधारणाका रुपमा यस्तै साझा सांस्कृतिक परिवेश निर्माण गर्ने चाहना प्रतिविम्वित गर्न आग्रह गर्दछु ।’

राष्ट्रपति पौडेलले साझा नेपाली संस्कृतिलाई बलियो बनाउन सक्नुपर्ने बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?