Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राखे । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरे । उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे ।

उनले भने, ‘अहिले प्रधानमन्त्री सहभागि कार्यक्रममा सहभागि हुन भनि गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ । यसको छानविन गरौँ । संसदीय छानविन समिति बनाउनको लाग यो सरकार किन डराएको छ । यसबारे संसदीय छानविन समितिको माग गर्दछौं ।’

उनले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?