Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

स्पेन प्रकरणसहित भिजिट भिसा दुरुपयोगको छानविनका लागि संसदीय समिति गठन गर्न राप्रपाको माग


काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधि सभाको आईतवारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राखे । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानविन गरी दोषिलाई कारबाही गर्न माग गरे । उनले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गरे ।

उनले भने, ‘अहिले प्रधानमन्त्री सहभागि कार्यक्रममा सहभागि हुन भनि गएका मान्छेहरु नफर्किएको पुष्टि भइसकेको छ । यसको छानविन गरौँ । संसदीय छानविन समिति बनाउनको लाग यो सरकार किन डराएको छ । यसबारे संसदीय छानविन समितिको माग गर्दछौं ।’

उनले भिजिट भिसा दुरुपयोग सम्बन्धी अनुसन्धानका लागि छानविन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहने समेत बताए ।


प्रकाशित मिति: २९ असार २०८२, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?