Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल


काठमाडौँ। नेपालको हेल्प नेपाल स्पोट्र्स क्लब माल्दिभ्समा हुने काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ ।

च्याम्पियन्स लिग आगामी जुलाई १७ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ । यसमा नेपालसहित पाँच राष्ट्रका लिग च्याम्पियनले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् । पाकिस्तानका दुई खेलाडीसँगै नेपाली लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएका खेलाडीलाई अनुबन्धन गर्दै हेल्प नेपालको उपाधि यात्रामा होमिएको छ । यसै प्रतिस्पर्धामा सहभागी हुन नेपाली टोली आगामी सोमबार माल्दिभ्स प्रस्थान गर्नेछन् । नेपाल भलिबल संघले शनिबार एक कार्यक्रम आयोजना गर्दै उक्त टोलीलाई बिदाई गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, राखेप बोर्ड सदस्य जगत धामी र राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक विष्णुबहादुर सिंह लगायतले बिदाई गरेका थिए । सो अवसरमा सदस्यसचिव घिसिङले काभा च्यालेन्ज लिगमा उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिँदै उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे । घिसिङले क्लबले यहाँसम्म आइपुग्न ठूलो चुनौती पार गर्नुपरेकोले अहिले यो सफलता पाएको बताए । नेपाल भलिबल संघका उपाध्यक्ष भरत शाहले हेल्प नेपालले क्लबको मात्र नभई समग्र नेपाली र नेपालीको प्रतिनिधित्व गर्ने बताए ।

हेल्प नेपालले यस प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नतिजा निकाल्ने अपेक्षा रहेको उनले बताए । हेल्प नेपालले पोखरामा सम्पन्न एनभिए राष्ट्रिय क्लब भलिबल लिगको उपाधि जित्दै काभा च्याम्पियन्स लिगमा स्थान बनाएको हो । माल्दिभ्समा पनि उत्कृष्ट प्रदर्शन गर्ने क्लबको लक्ष्य छ । तर, क्लबले छोटो समयको तयारी गरेको छ । काभा च्याम्पियन्स लिगमा नेपालसहित श्रीलंका, माल्दिभ्स, कजाखस्तान, किर्गिस्तानको च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्ने नेपाल भलिबल संघले जनाएको छ ।

उत्सव खड्काको प्रशिक्षणमा नेपालले तयारी गरिरहेको छ । उनको सहायक प्रशिक्षकमा सुजन केसी र राजन कुमार उपाध्याय छन् । टिम म्यानेजरमा झम्क नारायण श्रेष्ठ छन् । अधिकांश विभागीय टोलीका खेलाडी समेटर टोली निर्माण गरिएको छ । हेल्प नेपालले काभा च्यालेन्ज लिगका लागि विभागीय टोली नेपाल पुलिस क्लबबाट रविन चन्द, रविन नगरकोटी, सफल विक र एपिएफबाट विनोदबहादुर चन्दलगायत खेलाडीलाई अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ ।

साथै दुई पाकिस्तानी खेलाडी उस्मान र मोहम्मद आसिफ नाभिदलाई अनुबन्ध गरिएको छ । हेल्प नेपालमा अन्य खेलाडीमा विष्णुबहादुर क्षेत्री,
सफल विक, चिरन्जिवी खड्का, विनोदबहादुर चन्द, यामबहादुर भण्डारी, सुवास कुँवर (कप्तान), मनीष मानन्धर, सन्तोष राई र रविन चन्द रविन नगरकोटी छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?