Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

समाज रुपान्तरणको लागि विचार सबैभन्दा महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी


काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा भएको बताएकी छिन् ।

मदन भण्डारी फाउण्डेशनले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले स्टेट, सोसाइटी एण्ड डेभलपमेण्ट जर्नलको विमोचन कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने एउटा आधिकारित माध्यम बन्ने बताएकी छिन् । जबजले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई अघि बढाएको बताईन् । जर्नलले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्ने बताईन् । नेकपा एमालेले पनि समृद्ध नेपाल र सुखी नेपालीको साझा लक्ष्य पूरा गर्न जबजको सिद्धान्तलाई आत्मसाथ गरेको बताएकी छिन् । जबजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुका बीचमा अझ व्यापक रुपमा पुर्याउनुपर्ने बताईन् ।

पूर्वराष्ट्रपति भण्डारीले भनिन, ‘समाज रुपान्तरणको लागि विचार नै सबैभन्दा महत्वपूर्ण कुरा हो । यस अर्थमा यो जर्नल जबजलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने एउटा आधिकारित माध्यमको लागि प्रयास पनि हो । यसले कम्युनिष्ट आन्दोलनलाई समय र परिस्थितिअनुसार सही रुपमा बुझ्न र व्यवहारिक रुपमा अवलम्वन गर्दै विश्व कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउने दिशामा समेत थप योगदान गर्नसक्छ । जबज सामाजिक, आर्थिक रुपान्तरणको एउटा वृहतर सिद्धान्त हो । यो जर्नल भर्खरै प्रकाशन हुन थालेकाले यसमा जबजका विभिन्न आयाम र क्षेत्रहरु समेटिन नसक्नुलाई अन्यथा रुपमा लिनु हुँदैन । यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्राज्ञिक समुदाय र उच्च शिक्षाका अध्येताहरुका बीचमा अझ व्यापक रुपमा पुर्याउनुपर्छ ।’

पूर्वराष्ट्रपति भण्डारीले जबजले माक्सवाद, लेनिनवादको आधारमा नेपाली समाजवादको गहिरो विश्लेषण गर्दै सामाजिक, ऐतिहासिक, सांस्कृतिक तथा भराजनीतिक विशेषतालाई आत्मसाथ गर्दै समाजवादको मार्गमा लोकतान्त्रिक पद्धति र बहुदलीय प्रतिष्पर्धालाई समावेश गर्दै विशिष्ट र सिर्जनात्मक बाटो निर्माण गरेको बताएकी छिन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?