Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई


काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरु कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पुराना राजनीतिक दलहरु सकिए र पुराना दलहरुकरो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरु त्यसमा आश गरेर बसिरहेको बताए । उनले रास्वपा कहिले पुराना दलहरु सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आशमा रहेको बताएका छन् । दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने बताए । राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको बताए ।

सचिव भट्टराईले भने, ‘यहाँ पुराना दलहरु अब सिद्धिँदै छन् । पुराना दलहरुको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरु छन् । कविन्द्रजीहरु त्यसमा आश गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर । उहाँहरुको त्यो आशा छ । उहाँहरुको मुख्य नारा नै त्यही हो । पुराना दल सिद्धिए अब हामी । किन हामी भन्नेकुराको प्रश्न छ । पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो । एमाले आज पनि नौजवान पार्टी हो । काँग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरुको रास्वपा भन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको छ । ’

सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताए । राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताएका छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?