Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई


काठमाडौँ। नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिक दलहरु कहिले पनि पुराना नहुने भन्दै एमाले अहिले पनि नौजवान पार्टी भएको बताएका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिले पुराना राजनीतिक दलहरु सकिए र पुराना दलहरुकरो स्थान नयाँले लिन्छन् भन्ने भाष्य सिर्जना गरिएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी लगायत नयाँ राजनीतिक दलहरु त्यसमा आश गरेर बसिरहेको बताए । उनले रास्वपा कहिले पुराना दलहरु सकिन्छन् र त्यो ठाउँमा बसौँला भन्ने आशमा रहेको बताएका छन् । दाबी गरेर मात्रै नयाँ नभइने भन्दै किन नयाँ राजनीतिक दल भन्नेकुरा प्रमाणित गर्न सक्नुपर्ने बताए । राजनीतिक दल कहिले पनि पाको नहुने र कहिल्यै नमर्ने भन्दै एमालेले हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको बताए ।

सचिव भट्टराईले भने, ‘यहाँ पुराना दलहरु अब सिद्धिँदै छन् । पुराना दलहरुको स्थान नयाँ दलले लिँदैछ भन्ने कतिपयका भाष्यहरु छन् । कविन्द्रजीहरु त्यसमा आश गरिरहनुभएको छ । पुराना दल कहिले सिद्धेलान् र हामी त्यहाँ उभिउँला भनेर । उहाँहरुको त्यो आशा छ । उहाँहरुको मुख्य नारा नै त्यही हो । पुराना दल सिद्धिए अब हामी । किन हामी भन्नेकुराको प्रश्न छ । पुराना दलले के गरे, किन हामी भन्ने छ । दाबी गरेर मात्रै त हुँदैन । मान्छे पाको हुन्छ, मृत्यु पनि हुन्छ । राजनीतिक दल कहिले पनि पाको हुँदैन, पुरानो भनेको कहिले स्थापित भयो भनेको हो । एमाले स्थापित भएको ७० वर्ष भयो । एमाले आज पनि नौजवान पार्टी हो । काँग्रेस आज पनि नौजवान पार्टी हो । कतिपय सन्दर्भमा कविन्द्रजीहरुको रास्वपा भन्दा पनि नौजवान हो । यो पार्टी हरेक क्रिटिकल क्षणमा आफूलाई सैद्धान्तिक राजनीतिक ढंगले रुपान्तरण गर्दै आएको छ । ’

सचिव भट्टराईले राजनीतिक दलको कहिले पनि मृत्यु नहुने बताए । राजनीतिक दल जहिले पनि पुनःगठित हुँदै जाने बताएका छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?