Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे


काठमाडौँ। सभामुख देवराज घिमिरेले आधुनिक लोकतन्त्रको विकल्प नभएको दाबी गरेका छन् ।

शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले अहिलेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि सबै राजनीतिक दलहरुले आफ्नो ठाउँबाट महत्वपूर्ण भुमिका खेल्न जरुरी रहेको बताए । उनले राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गर्नेकुरा मुलुकमा रहेका राजनीतिक दलहरुको नै भएकाले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने काम राजनीतिक दलहरुको नै रहेको बताए । उनले राजनीतिक दलहरुले आफ्नो सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम कार्यान्वयन गर्न संसदमा प्रभावकारी भुमिका खेल्न जरुरी रहेको बताए ।

सभामुख घिमिरेले भने, ‘आधुनिक लोकतन्त्रको विकल्प मलाई लाग्छ केही छैन तर यो भइरहेको लोकतन्त्रलाई अझ बलियो बनाउनका लागि खेल्नुपर्ने भुमिका खेल्ने कोशिसहरु राजनीतिक दल बाहेक अरु के हुनसक्छ ? राजनीति, धार्मिक संघसंस्थाहरु, अन्य सामाजिक प्रभावकारी संघसंस्थाहरु, वा विभिन्न खालका विगतका केही धार्मिक राजतन्त्र, परम्परागत राजतन्त्र भएका मुलुकहरु यिनीहरुका शक्तिहरु होइनन् । वास्वतमा राजनीतिक शक्तिबाट यो मुलुकलाई परिवर्तन गरेर राजनीतिक क्षेत्रमा ठूलो परिवर्तन गरेर विभिन्न बाटो हुँदै आएका विभिन्न राजनीतिक दलहरु नै यसका महत्वपूर्ण मेरुदण्ड हुन् । ति मेरुदण्डहरुले जनताको समस्यालाई सम्बोधन गर्ने र जनताको आवाजलाई प्रभावकारी ढंगबाट कार्यान्वयन गर्ने माध्यम उनीहरुको संसद हो । संसदको माध्यमबाट यि सबै कामहरु गर्दछन् । आफूलाई करेक्शन पनि गर्नुपर्छ । सिद्धान्त र सिद्धान्तमा आधारित कार्यक्रम के हुन्, कार्याक्रम कार्यान्वयन गर्न संसदमा के भुमिका खेल्छन् भन्नेकुरा महत्वपूर्ण छ । ’

सभामुख घिमिरेले राजनीतिक दलहरु जनताप्रति उत्तरदायी हुनुपर्ने बताए । आजको आवश्यकता पूरा गर्ने नेतृत्व निर्माणमा राजनीतिक दलहरु जानुपर्ने बताए । इमान, निष्ठा, समर्पण आज खड्किएको बताए ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?