Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुने बताएका छन् ।

भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरु बलियो भएमात्रै राजनीतिक प्रणाली बलियो हुने जिकिर गरे । उनले राजनीतिक दलहरुले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरुप्रति अनावश्यक प्रश्नहरु उठिरहेको बताए । अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरुले राम्रो काम गरेपनि विरोध गरिरहने गरेको बताए । त्यसलाई गलत सावित गर्ने दायित्व राजनीतिक दलको काम भएको बताए । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी रहेको बताए ।

उपमहासचिव बस्नेतले भने, ‘राजनीतिक दलहरु बलियो हुँदा राज्य बलियो हुने, राजनीतिक प्रणाली बलियो हुन्छ । राजनीतक दलहरुप्रति बेला बेलामा प्रश्नहरु उठ्ने गरेका पनि छन् । राजनीतिक दलहरुको बारेमा फैल्याइएका अनावश्यक अफवाहहरु, राजनीतिक दलहरुले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरुप्रति अनावश्यक प्रश्नहरु उठिरहेका छन् । अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरुले राम्रो काम गरेपनि विरोध गरिरहन्छ । त्यसलाई गलत सावित गर्ने दायित्व राजनीतिक दलको काम हो । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी छ ।’

उपमहासचिव बस्नेतले राजनीतिक दलहरुले आफूलाई सुधार गरेर जान जरुरी रहेको बताए ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?