Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत


काठमाडौँ। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेतले राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुने बताएका छन् ।

भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिक दलहरु बलियो भएमात्रै राजनीतिक प्रणाली बलियो हुने जिकिर गरे । उनले राजनीतिक दलहरुले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरुप्रति अनावश्यक प्रश्नहरु उठिरहेको बताए । अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरुले राम्रो काम गरेपनि विरोध गरिरहने गरेको बताए । त्यसलाई गलत सावित गर्ने दायित्व राजनीतिक दलको काम भएको बताए । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी रहेको बताए ।

उपमहासचिव बस्नेतले भने, ‘राजनीतिक दलहरु बलियो हुँदा राज्य बलियो हुने, राजनीतिक प्रणाली बलियो हुन्छ । राजनीतक दलहरुप्रति बेला बेलामा प्रश्नहरु उठ्ने गरेका पनि छन् । राजनीतिक दलहरुको बारेमा फैल्याइएका अनावश्यक अफवाहहरु, राजनीतिक दलहरुले आफ्ना सकारात्मक तरिकाले विषयवस्तु राख्न नसक्नुले पनि राजनीतिक दलहरुप्रति अनावश्यक प्रश्नहरु उठिरहेका छन् । अव्यवस्था चाहनेले जतिसुकै राजनीतिक दलहरुले राम्रो काम गरेपनि विरोध गरिरहन्छ । त्यसलाई गलत सावित गर्ने दायित्व राजनीतिक दलको काम हो । सामाजिक जीवनका बदलिएका परिस्थिति, आवश्यकता, सम्भावना, अवसर र चुनौतिलाई यथोचित ढंगले सम्बोधन गर्न आफू परिष्कृत र परिमार्जित हुनु जरुरी छ ।’

उपमहासचिव बस्नेतले राजनीतिक दलहरुले आफूलाई सुधार गरेर जान जरुरी रहेको बताए ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?