Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भएः महामन्त्री बुर्लाकोटी


काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले देश कस्तो बनाउने भन्नेकुरा नागरिकले निर्धारण गर्न सक्नुपर्ने बताएका छन् ।

भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिले देश चलाउने भएको कारणले देश बस्तो बनाउने भन्ने कुराको निर्धारण जनताले गर्नुपर्ने बताए । नागरिक देशको सर्वशक्तिमान हुनुपर्नेमा नेपालमा राजनीतिक दलहरु नै सर्वशक्तिमान भएको जिकिर गरे । देशमा सुशासन कायम हुन नसकेको बताए ।

महामन्त्री बुर्लाकोटीले भने, ‘राजनीतिले देश चलाउने भएको कारणले देश कस्तो बनाउने भन्ने त्यहाँका नागरिकहरु सर्वशक्तिमान हुन्छन् । तर हाम्रोमा राजनीतिक दलहरु संगठित हुने कारणले गर्दा दलहरु बढी सर्वशक्तिमान भएको देखिन्छ । नागरिक शक्तिशाली हुनुपर्छ । लोकतन्त्रमा दलीय व्यवस्था र नागरिक शक्तिशाली हुनुपर्छ । नागरिकको सोचले दल ड्रिबन गर्नुपर्छ । ’

महामन्त्री बुर्लाकोटीले गणतन्त्र सकिने अवस्थामा नरहेको कारणले नै आफूहरु गणतन्त्रको पक्षमा आन्दोलनमा नआएको जिकिर गरे ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?