Trending
>>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन
Logo
२३ माघ २०८२, शुक्रबार
२३ माघ २०८२, शुक्रबार

सरकारमा हुँदा कुन राजनीतिक दलले कस्तो काम गरे भन्नेकुरा जनताले हेरिरहेका छन्ः सहमहामन्त्री परियार


काठमाडौँ। नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारमा रहँदा कुन राजनीतिक दलहरुले कस्तो काम गरे भन्नेकुरा जनताले नियालिरहेको बताएका छन् ।

भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले २०४६ अघि विभिन्न शक्ति राष्ट्रहरुको अवस्था कस्तो थियो र अहिले नेपालको अवस्था र उनीहरुको अवस्था कस्तो छ भन्नेकुरा नियाल्न जरुरी रहेको बताए । उनले अधिकांश समय नेपालको सरकारमा काँग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) रहेको जिकिर गर्दै सरकारमा रहेर काम गरेकाको मूल्यांकन जनताले गरिरहेको बताए ।

सहमहामन्त्री परियारले भने, ‘विभिन्न शक्ति राष्ट्रहरुमा राजनीतिक दलहरुको अवस्था कस्तो थियो, आज कुन अवस्थामा छन् । नेपालमा पनि हामीले ०४८ सालदेखि तुलना गर्ने हो भने आज राजनीतिक दलको अवस्था के छ ? बहुदल ल्याएको पनि ०४६ सालदेखि हिसाव गर्ने हो भने धेरै लामो समय पार गरिसकेका छौँ । विशेष गरी सत्तामा काँग्रेस, एमाले र माओवादी छौँ । पछिल्लो अवस्था तुलना गर्ने हो भने त माओवादी पनि अरु दल सरह हुन लागिसक्यो । पटक पटक हामी सरकारमा पुगेका छौँ । हामीले सरकारमा पुग्दा कस्तो किसिमको डेलिभरी गर्नसक्यौँ, यो आम जनताले अहिले हेरिरहेका छन् । अहिलेको जेनजी पुस्ताले हेरिरहेको छ । आज हामी शक्ति राष्ट्रमा काम गर्न गइरहेका छन् । नेपालको दक्ष जनशक्ति शक्ति राष्ट्रहरुमा जान बाध्य भएका छन् ।’

सहमहामन्त्री परियारले शक्ति राष्ट्रमा काम गर्न नेपालको दक्ष जनशक्ति गइरहेको भन्दै यसलाई रोक्न कुन राजनीतिक दलको सरकारले के काम गरेको छ भन्नेकुरा नागरिकस्तरबाट मूल्यांकन भइरहेको बताए ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?