Trending
>>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

झलनाथको प्रश्नः नीतिगत निर्णयमा छानविन नै गर्न नपाउने भए राजतन्त्रको आलोचना गर्नुको अर्थ के ?


काठमाडौँ। पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नीतिगत निर्णयमा अख्तियारले प्रवेश गर्नु जायज भएको बताएका छन् ।

शनिवार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले नीतिगत निर्णयमा हस्तक्षेप गर्नसक्ने बताए । उनले संघीय, प्रान्तिय र स्थानीय जुनसुकै सरकारले गरेको निर्णयहरु भएपनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानविन हुनैपर्ने बताए । छानविन गर्ने अधिकार जनतामार्फत बनेको कुनै निकायलाई नहुने कुरा राम्रो नरहेको बताए । विशिष्ट व्यक्तिहरुले गरेका गलत कामहरु छानविनको दायरा भन्दा माथि राखेपछि राजतन्त्रको आलोचना गर्नुको अर्थ नरहने बताए ।

पूर्वप्रधानमन्त्री खनालले भने, ‘यो राज्यले बनाएको संविधान बमोजिम बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो भने त्यसले चाहे क्याबिनेटले गरोस्, चाहे त्यो प्रान्तिय क्याबिनेटले गरोस्, चाहे त्यो स्थानीय तहका कुनैपनि निकायले गरोस्, जहाँ कहीँ पनि कसैले पनि अनियमितता गर्दछ भने त्यो कुरालाई छानविन गर्नैपर्छ । त्यो छानविन गर्ने अधिकार यदी जनतामार्फत बनेको कुनै निकायलाई त्यो देशमा छँदै छैन भने खास खास मान्छेहरुले गरेका गलत कामहरु छानविनको दायरा भन्दा माथि हुन्छन् भने राजतन्त्रको आलोचना गर्नुको के अर्थ ?’

पूर्वप्रधानमन्त्री खनालले देशमा भ्रष्टाचारसँग सम्बन्धित प्रश्नहरुको निवारण अख्तियारको पहलमा सम्बन्धित अदालतमार्फत निरुपण हुनुपर्ने बताए । नीतिगत निर्णय के हो भन्नेकुरा आफूले पनि नबुझेको बताए ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?