Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
७ पुष २०८२, सोमबार
७ पुष २०८२, सोमबार

मुक्तिनाथ दर्शन लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा शुरु


काठमाडौँ। मुक्तिनाथ दर्शन लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा काठमाडौंमा शुरु भएको छ ।

शनिवार काठमाडौंको एक होटलमा लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा काठमाडौंमा शुरु भएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले कम्पनीको वार्षिक प्रतिवेदन प्रश्तुत गरे । सरकारको नेतृत्वमा बारम्बार हुने परिवर्तन, कार्य जटिलता, कानूनी अस्पष्टताका कारण लक्ष्यअनुसार आफूहरु अघि बढ्न नसकेको गुनासो गरे । कानूनी एवं प्रशासनिक जटिलत र त्यसको निवारणमा सरकारी कामकाजमा हुने ढिलासुस्तीले नेपालमा यस्ता परियोजना सम्पन्न गर्न वाधक बन्ने गरेको बताए । डिएई नेपामला नभएको अवस्थामा एनडिएमार्फत ५ मिलियन अमेरिकी डलरसम्मको डिएईलाई अगाडि बढाउन नीतिगत काम भइरहेको जानकारी गराए । डएई आउनासाथ हरित वृत्तमा पनि यो परियोजनाको पहुँच सहज भइ कन्सेप्सनल डेप्ट र अनुदान लिनसक्ने अवस्था खुला हुने बताए । २५० मिलियन डलर भन्दा माथिको परियोजना जानुपर्यो भने नेपालमा त्यसलाई अघि बढाउने कुनै संस्था नरहेको गुनासो गरे ।

उनले भने, ‘हरित वृत्तलाई हाम्रो परियोजनाको आयातनको डिरेक्ट एक्सेस इन्डिटि (डिएई) नेपालमा नभएको अवस्थामा एनडिएमार्फत ५ मिलियन अमेरिकी डलरसम्मको डिएईलाई अगाडि बढाउन नीतिगत काम भइरहेको छ । डिएई आउनासाथ हरित वृत्तमा पनि यो परियोजनाको पहुँच सहज भइ कन्सेसनल डेप्ट र अनुदान दुवै लिनसक्ने अवस्था खुला रहन्छ । नेपालमा हुने ग्रिन प्रोजेक्टहरु जति हुन्छन् । त्यो प्रोजेक्टको आयातन वित्तीय आयातनको आधारमा ग्रिन क्लाइमेट फण्डसित वार्ता गर्नका लागि डिरेक्ट एक्सेस इण्डिटि भन्ने संस्था छ । अहिलेसम्म नेपालमा २५० मिलियन डलर बराबरको डिएइ छ । त्यो एनआइएबी बैंक मात्रै छ । २५० मिलियन डलर भन्दा माथिको परियोजना जानुप¥यो भने नेपालमा त्यसलाई अघि बढाउने कुनै संस्था नै छैन । सानो सानोको लागि त वैकल्पिक उर्जा र प्रकृति संरक्षण कोष पनि छन् । हामी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिको अन्तिम अध्यायमा छौँ । परियोजना विकास सझौता वा परियोजना लगानी सम्झौताको वार्ताको कार्य शुरु हुने क्रममा रहेको छ । परामर्शदाताहरुबाट प्रणाली आपूर्तिकर्ताका लागि टेण्डर डकुमेण्टको प्रारम्भिक कार्य शुरु भएको जानकारी गराउन चाहन्छु ।’

उनले आफूहरु वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिको अन्तिम अध्यायमा रहेको बताए । परियोजना विकास सझौता वा परियोजना लगानी सम्झौताको वार्ताको कार्य शुरु हुने क्रममा रहेको जनकारी दिए । परामर्शदाताहरुबाट प्रणाली आपूर्तिकर्ताका लागि टेण्डर डकुमेण्टको प्रारम्भिक कार्य शुरु भएको पनि बताएका छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?