Trending
>>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत >>   नेपाल सुरक्षित रहेको सन्देश फैलाउनसके धेरै पर्यटकीय बजार गुमाउनुपर्दैनः हान अध्यक्ष शाह >>   विपद् व्यवस्थापन कोषको नाम परिवर्तन गर्न र अधिकारसम्पन्न प्राधिकरण गठन गर्न सांसद खरेलको माग
Logo
१३ आश्विन २०८३, मंगलवार
१३ आश्विन २०८३, मंगलवार

मुक्तिनाथ दर्शन लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा शुरु


काठमाडौँ। मुक्तिनाथ दर्शन लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा काठमाडौंमा शुरु भएको छ ।

शनिवार काठमाडौंको एक होटलमा लिमिटेडको आ.व. २०८०/०८१ को प्रारम्भिक साधारण सभा काठमाडौंमा शुरु भएको हो । कार्यक्रममा कम्पनीका अध्यक्ष अरुणकुमार सुवेदीले कम्पनीको वार्षिक प्रतिवेदन प्रश्तुत गरे । सरकारको नेतृत्वमा बारम्बार हुने परिवर्तन, कार्य जटिलता, कानूनी अस्पष्टताका कारण लक्ष्यअनुसार आफूहरु अघि बढ्न नसकेको गुनासो गरे । कानूनी एवं प्रशासनिक जटिलत र त्यसको निवारणमा सरकारी कामकाजमा हुने ढिलासुस्तीले नेपालमा यस्ता परियोजना सम्पन्न गर्न वाधक बन्ने गरेको बताए । डिएई नेपामला नभएको अवस्थामा एनडिएमार्फत ५ मिलियन अमेरिकी डलरसम्मको डिएईलाई अगाडि बढाउन नीतिगत काम भइरहेको जानकारी गराए । डएई आउनासाथ हरित वृत्तमा पनि यो परियोजनाको पहुँच सहज भइ कन्सेप्सनल डेप्ट र अनुदान लिनसक्ने अवस्था खुला हुने बताए । २५० मिलियन डलर भन्दा माथिको परियोजना जानुपर्यो भने नेपालमा त्यसलाई अघि बढाउने कुनै संस्था नरहेको गुनासो गरे ।

उनले भने, ‘हरित वृत्तलाई हाम्रो परियोजनाको आयातनको डिरेक्ट एक्सेस इन्डिटि (डिएई) नेपालमा नभएको अवस्थामा एनडिएमार्फत ५ मिलियन अमेरिकी डलरसम्मको डिएईलाई अगाडि बढाउन नीतिगत काम भइरहेको छ । डिएई आउनासाथ हरित वृत्तमा पनि यो परियोजनाको पहुँच सहज भइ कन्सेसनल डेप्ट र अनुदान दुवै लिनसक्ने अवस्था खुला रहन्छ । नेपालमा हुने ग्रिन प्रोजेक्टहरु जति हुन्छन् । त्यो प्रोजेक्टको आयातन वित्तीय आयातनको आधारमा ग्रिन क्लाइमेट फण्डसित वार्ता गर्नका लागि डिरेक्ट एक्सेस इण्डिटि भन्ने संस्था छ । अहिलेसम्म नेपालमा २५० मिलियन डलर बराबरको डिएइ छ । त्यो एनआइएबी बैंक मात्रै छ । २५० मिलियन डलर भन्दा माथिको परियोजना जानुप¥यो भने नेपालमा त्यसलाई अघि बढाउने कुनै संस्था नै छैन । सानो सानोको लागि त वैकल्पिक उर्जा र प्रकृति संरक्षण कोष पनि छन् । हामी वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिको अन्तिम अध्यायमा छौँ । परियोजना विकास सझौता वा परियोजना लगानी सम्झौताको वार्ताको कार्य शुरु हुने क्रममा रहेको छ । परामर्शदाताहरुबाट प्रणाली आपूर्तिकर्ताका लागि टेण्डर डकुमेण्टको प्रारम्भिक कार्य शुरु भएको जानकारी गराउन चाहन्छु ।’

उनले आफूहरु वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिको अन्तिम अध्यायमा रहेको बताए । परियोजना विकास सझौता वा परियोजना लगानी सम्झौताको वार्ताको कार्य शुरु हुने क्रममा रहेको जनकारी दिए । परामर्शदाताहरुबाट प्रणाली आपूर्तिकर्ताका लागि टेण्डर डकुमेण्टको प्रारम्भिक कार्य शुरु भएको पनि बताएका छन् ।


प्रकाशित मिति: २८ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?