Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

राजनीति मेरो प्राणमै छः पशुपति समशेर जबरा


काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले राजनीति आफ्नो प्राणमै रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आफ्नो ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफ्नो वंश परम्परा पनि राजनीति नै रहेको बताए । आफू दरबारिया सुख सयलमा हुर्किएको र त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन रहेको स्मरण गरे । आफूले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएको र नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेको बताए । आफ्नो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै रहेको बताए ।

सांसद जबराले भने, ‘राजनीति मेरो प्राणमा नै छ । वंश परम्परा पनि त्यही हो । निश्चय म पनि दरबारिया सुख सयलमा हुर्किएको व्यक्तिलाई त्यसबेलाको राजनीति गर्न अत्यन्त कठिन थियो । तर मैले मुलुकको सम्पूर्ण क्षेत्र डुल्ने मौका पाएँ । नेपाली जनताको सुखदुःख बुझ्ने कोशिस गरेँ । मेरो जीवनको सबैभन्दा बढी उर्जाशिल समय राजनीति नै हो । राजनीतिमा मैले कठिन परिस्थितिमा समेत मुलुकको लागि महत्वपूर्ण योगदान दिने मौका पाएँ ।’

सांसद जबराले आफूले विभिन्न कालखण्डमा मुलुकको विभिन्न मन्त्रायलको नेतृत्व लिएर जनताको सेवा गर्न मौका पाएको बताए । आफू शिक्षामन्त्री हुँदा (वि.सं.२०३५ सालमा ) काठमाडौं उपत्यकाको प्राचिन मन्दिर एवं पुरातात्विक ठाउँहरुको संरक्षणका लागि युनेस्केको विश्व सम्पदाको सूचिमा सूचिकृत गराउन मुल भुमिका निर्वाह गर्ने मौका पाएको बताए ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?