Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

करिब ६ हजार साइक्लिस्ट सहभागी हुने राइड हुँदै


काठमाडौँ। करिव ६ हजारभन्दा बढी साइक्लिस्ट सहभागी कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ ।

सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा साइक्लिङ हुनेछ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दैै यसबारे जानकारी दिएको हो । नेपालका २० भन्दा बढी स्थानहरूमा अस्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड र सिंगापुरलगायत देशका साइक्लिस्टले यस साइक्लिङ अभियानमा सहभागी हुनेछन् । पाटन दरबार स्क्वाइरबाट यो अभियान शुरु हुनेछ । बालबालिकाहरूका लागि दुई किलोमिटरको दूरी तय गरिएको छ ।

साथै काठमाडौं उपत्यकामा रहेको १६५ किलोमिटरको दूरी साइक्लिस्टले पार गर्नेछन् । यसबाहेक २५ किलोमिटर, ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको दूरीमा पनि प्रतिष्पर्धा हुनेछन् । यो इभेन्टको मुख्य उद्देश्य सिन्धुपाल्चोकको मेलम्ची बजारनजिक रहेको दोमवार समूदायमा सौर्य गृह प्रणाली जडान गर्ने रहेको आयोजकले जनाएको छ । बिहान सात बजेदेखि एक सय किलोमिटर र ७५ किलोमिटरको राइड सुरु हुने आयोजकले जनाएको छ । त्यसपछि ५० किलोमिटरको राइड सुरु हुने आयोजकले उल्लेख गरेको छ ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?