Trending
>>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह >>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज
Logo
११ आश्विन २०८३, आईतवार
११ आश्विन २०८३, आईतवार

करिब ६ हजार साइक्लिस्ट सहभागी हुने राइड हुँदै


काठमाडौँ। करिव ६ हजारभन्दा बढी साइक्लिस्ट सहभागी कोरा साइक्लिङ च्यालेन्जको १५औं संस्करण आगामी साउन ३ गते हुने भएको छ ।

सोसियल टुर्स, साइकल सिटी नेटवर्क नेपाल र पाङ्ग्रो आउटडोर इभेन्ट्सको आयोजनामा फरक फरक दूरी र फरकफरक स्थानमा साइक्लिङ हुनेछ । आयोजकले शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दैै यसबारे जानकारी दिएको हो । नेपालका २० भन्दा बढी स्थानहरूमा अस्ट्रेलिया, लाओस, क्यानडा, स्कटल्याण्ड र सिंगापुरलगायत देशका साइक्लिस्टले यस साइक्लिङ अभियानमा सहभागी हुनेछन् । पाटन दरबार स्क्वाइरबाट यो अभियान शुरु हुनेछ । बालबालिकाहरूका लागि दुई किलोमिटरको दूरी तय गरिएको छ ।

साथै काठमाडौं उपत्यकामा रहेको १६५ किलोमिटरको दूरी साइक्लिस्टले पार गर्नेछन् । यसबाहेक २५ किलोमिटर, ५० किलोमिटर, ७५ किलोमिटर र एक सय किलोमिटरको दूरीमा पनि प्रतिष्पर्धा हुनेछन् । यो इभेन्टको मुख्य उद्देश्य सिन्धुपाल्चोकको मेलम्ची बजारनजिक रहेको दोमवार समूदायमा सौर्य गृह प्रणाली जडान गर्ने रहेको आयोजकले जनाएको छ । बिहान सात बजेदेखि एक सय किलोमिटर र ७५ किलोमिटरको राइड सुरु हुने आयोजकले जनाएको छ । त्यसपछि ५० किलोमिटरको राइड सुरु हुने आयोजकले उल्लेख गरेको छ ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?