Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जलस्रोतको उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक आवश्यक परेको होः मन्त्री खड्का


काठमाडौँ। उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले मुलुकको जलस्रोतलाई दिगो रुपमा उपयोग गरी आर्थिक समृद्धि हासिल गर्न जलस्रोतसम्बन्धी विधेयक निर्माण गरिएको बताएका छन् ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन् । सरकारले विधेयकमार्फत जलस्रोतको उपयोग र व्यवस्थापनमा स्पष्ट दिशा दिन खोजेको बताए । उनले खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गर्दै सरकार त्यसैअनुसार विधेयक अगाडि बढाउन प्रतिबद्ध रहेको समेत बताए ।

उनले भने , ‘हामीसँग भएको अपार जलस्रोतको सदुपयोग, उपयोग गर्नुपर्ने आजको आवश्यकता रह्यो । त्यसका लागि हामीलाई समयानुकलु कानून निर्माण गर्नुपर्ने भयो । त्यसकारण हामी जलस्रोत विधेयकमार्फत मुलुकलाई समृद्धितर्फ अगाडि बढाउने प्रयास गरिरहेका छौं । खानेपानी, सिंचाई तथा जलविद्युतजस्ता कुराहरुमा हामीले प्राथमिकताका आधारमा यस कानूनलाई समृद्धि बनाउन प्रतिवद्ध रहेको कुरा पनि व्यक्त गर्न चाहन्छु ।’

उनले जलस्रोतको दोहन नभई दिगो उपयोगका लागि सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहकार्य आवश्यक रहेको पनि बताए ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?