Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
१० आश्विन २०८३, शनिबार
१० आश्विन २०८३, शनिबार

सांसद रिजालको टिप्पणीः कम्पनी रजिष्ट्रारको सर्भरसँगै सरकारको सुशासन र सिस्टम समेत डाउन भयो


काठमाडौँ। नेकपा (एकीकृत समाजवादी)का सांसद घनश्याम रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा ‘सर्भर डाउन’ गराएर घुस डिल गरिहरेको विषयमा छानविन गर्न सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद रिजालले कम्पनी रजिष्ट्रारको कार्यालयमा सर्भर डाउन गराएर कमिसन मागिरहेको विषय सार्वजनिक भएको भन्दै छानविन गर्न सरकारको ध्यानाकर्षण गराए । बिहीवार कम्पनी रजिष्ट्रारमा सिस्टम डाउन गराएर घुस डिल भइरहेको विषयमा केही अनलाइन समाचार माध्यमहरुबाट समाचार प्रकाशन गरिएका थिए । सांसद रिजालले कम्पनी दर्ता गर्न घुस खुवाउनुपर्ने भए युवाहरुले कसरी व्यवसाय गर्छन् ? भन्दै प्रश्न समेत गरे । उनले प्रधानमन्त्रीकै नेतृत्वको सुशासन आयोग गठन गरिएको भएपनि सिंहदरबारबाट एक किलो मिटर टाढा रहेको कम्पनी रजिष्ट्रारको सर्भरसँगै सरकारको सुशासन र सिस्मटम समेत डाउन भएको टिप्पणी गरे ।

उनले भने, ‘केही दिनदेखि कम्पनी रजिष्ट्रारको कार्यालमा भ्रष्टाचार भएको समचारहरु निरन्तर रुपमा आइरहेका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयबा दिइने सेवालाई प्रभावकारी बनाउन, अनलाईन सिस्टमको व्यवस्था गरिएको छ । सर्भर डाउनको बाहानामा अनलाईन सिस्टमलाई बन्द गराई नविकरण गर्दा र कम्पनी दर्ता गर्दा समेत प्रतिशत तोकेर कमिसन असुल्ने गरेको समाचार आइरहेको छ । कम्पनी दर्ता गर्न घुस खुवाउनुपर्ने भएपछि किन र कसरी व्यवसाय गर्छन् ? प्रधानमन्त्रीज्यूले आफ्नै नेतृत्वमा सुशासन आयोग बनाउनु भएको छ । तर सिंहदरबारदेखि एक किलोमिटरको दुरीमा रहेको कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालयमासर्भर डाउनको नाममा सरकारको सुशासन र सिस्टम डाउन भएको छ । म तुरुन्त छानविन र कारबाहीका लागि सम्माननीय अध्यक्षज्यूमार्फत सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदछु ।’

सांसद रिजालले घटनाबारे सत्यतथ्य छानविन गरी दोषिलाई कानूनी कारबाही गर्न माग गरे ।


प्रकाशित मिति: २७ असार २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?