Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताएका छन् ।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताए । उनले यसले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । खेलाडीहरुले देखाएको लगनशिलता,कडा, परिश्रम, त्याग, अनुशासन साँच्चिकै प्रशंसनीय रहेको बताए । खेलाडीहरुलाई उच्च मनोबल र प्रदर्शन क्षमताको विकास र उत्कृष्ट खेल विकासको लागि नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावले धेरै नै सहयोग गर्ने विश्वास व्यक्त गरे । यस्ता पूर्वाधार सातै प्रदेशमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री चौधरीले भने, ‘खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको छ । यसले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । खेलाडी हाम्रो देशको राष्ट्रिय गौरव हुन् । हाम्रा खेलाडीहरुले देखाएको लगनशिलता,कडा, परिश्रम, त्याग, अनुशासन साँच्चिकै प्रशंसनीय छ । खेलाडीहरुलाई उच्च मनोबल र प्रदर्शन क्षमताको विकास र उत्कृष्ट खेल विकासको लागि नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावले धेरै नै सहयोग गर्नेछ । यस्ता पूर्वाधार सातै प्रदेशमा विकास गर्न सबैको सहयोग आवश्यक छ ।’

मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको दक्षता मापन गर्ने विषयका रुपमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याव उपयुक्त हुने बताए ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?