Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
८ माघ २०८२, बिहीबार
८ माघ २०८२, बिहीबार

खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी


काठमाडौँ। युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलाडी देशको गौरव भएको बताएका छन् ।

बिहीवार ललितपुरमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको बताए । उनले यसले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । खेलाडीहरुले देखाएको लगनशिलता,कडा, परिश्रम, त्याग, अनुशासन साँच्चिकै प्रशंसनीय रहेको बताए । खेलाडीहरुलाई उच्च मनोबल र प्रदर्शन क्षमताको विकास र उत्कृष्ट खेल विकासको लागि नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावले धेरै नै सहयोग गर्ने विश्वास व्यक्त गरे । यस्ता पूर्वाधार सातै प्रदेशमा विकास गर्न सबैको सहयोग आवश्यक रहेको बताए ।

मन्त्री चौधरीले भने, ‘खेल जगतमा हाल विश्वका विकसित प्रविधिहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले खेल क्षेत्रको विकासमा नयाँ कोशेढुंगा थप्न खोजेको छ । यसले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ । खेलाडी हाम्रो देशको राष्ट्रिय गौरव हुन् । हाम्रा खेलाडीहरुले देखाएको लगनशिलता,कडा, परिश्रम, त्याग, अनुशासन साँच्चिकै प्रशंसनीय छ । खेलाडीहरुलाई उच्च मनोबल र प्रदर्शन क्षमताको विकास र उत्कृष्ट खेल विकासको लागि नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्यावले धेरै नै सहयोग गर्नेछ । यस्ता पूर्वाधार सातै प्रदेशमा विकास गर्न सबैको सहयोग आवश्यक छ ।’

मन्त्री चौधरीले खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको दक्षता मापन गर्ने विषयका रुपमा नेशनल हाइ पर्फमेन्स सेन्टर एण्ड स्पोर्ट्स साइन्स ल्याव उपयुक्त हुने बताए ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?