Trending
>>   देशभर १० लाख १६ हजार बढी मतदाता थपिए, ११४ दलले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने >>   काठमाडौं २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राप्रपाबाट कुन्ती पोखरेलको नाम सिफारिस >>   मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे >>   सबैतिरको आक्षेप सहने हामी अचानो होइनौँः प्रधानमन्त्री कार्की >>   राजा, राजनीतिक दल र जेन–जी बीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिन्छः राप्रपा >>   सरकारले फागुन २१ मा चुनाव गराउँछ भन्नेमा एमाले विश्वस्त छैनः महेश बस्नेत >>   ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणीः मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने त होइन नि, कानूनअनुसार हुन्छ >>   विपद् पूर्वतयारी र पूर्वसूचनामा सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल >>   भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा >>   १५ औं महाधिवेशनमा सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा
Logo
८ पुष २०८२, मंगलवार
८ पुष २०८२, मंगलवार

न्युनतम पारिश्रमीक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन


काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमीक संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीवार काठमाडौंको रत्नपार्कमा श्रमीक संघ, संगठनहरुले न्युनतम पारिश्रमीक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमीक सुनिश्चित गर्न, त्रिपक्षिय सहमतिमा पारिश्रमीक निर्धारण गर्न, श्रम कानून कागजमा नभइ व्यवहारमा लागू गर्न, सामाजिक सुरक्षामा सबै श्रमीकलाई सूचिकरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगत सिम्खडाले संविधानप्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमीकको प्रत्येक दुई वर्षमा तलव भत्ता वृद्धि गर्ने भन्ने रहेको तर अहिलेसम्म हुन नसकेको बताए । श्रमीकहरु महंगीको चपेटामा परेको बताए । तलव भत्ता वृद्धि हुनुपर्ने समय सापेक्षताअनुुसार नभएको बताए ।

आज सात प्रदेश र देशभरका मुख्य औद्योगिक शहरहरुमा आन्दोलन गरेको बताए । संविधानमा श्रम ऐन लचकताको नाममा श्रमीक विरोधी काम गरिएको बताए ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?