Trending
>>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

न्युनतम पारिश्रमीक वृद्धि गर्न माग काठमाडौंमा प्रदर्शन


काठमाडौँ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) को आह्वानमा श्रमीक संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

बिहीवार काठमाडौंको रत्नपार्कमा श्रमीक संघ, संगठनहरुले न्युनतम पारिश्रमीक वृद्धि गर्न माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । महासंघले श्रम कानूनको कार्यान्वयन गर्न पनि माग गरेको छ । साथै ३० हजार ४ सय ४३ रुपैयाँ पारिश्रमीक सुनिश्चित गर्न, त्रिपक्षिय सहमतिमा पारिश्रमीक निर्धारण गर्न, श्रम कानून कागजमा नभइ व्यवहारमा लागू गर्न, सामाजिक सुरक्षामा सबै श्रमीकलाई सूचिकरण गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसीसी) का अध्यक्ष जगत सिम्खडाले संविधानप्रदत्त श्रम ऐन बनिसकेपछि श्रम ऐनको दफा ११ मा श्रमीकको प्रत्येक दुई वर्षमा तलव भत्ता वृद्धि गर्ने भन्ने रहेको तर अहिलेसम्म हुन नसकेको बताए । श्रमीकहरु महंगीको चपेटामा परेको बताए । तलव भत्ता वृद्धि हुनुपर्ने समय सापेक्षताअनुुसार नभएको बताए ।

आज सात प्रदेश र देशभरका मुख्य औद्योगिक शहरहरुमा आन्दोलन गरेको बताए । संविधानमा श्रम ऐन लचकताको नाममा श्रमीक विरोधी काम गरिएको बताए ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?