Trending
>>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

चालु आ.व.को असार २५ सम्म उच्च अदालत पाटनद्वारा ११ हजार २ सय ३४ थान मुद्दा फर्छ्यौट


काठमाडौँ। उच्च अदालत पाटनले चालु आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको छ ।

बिहीवार आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालतका रजिस्ट्रार श्रीलाल पौडेलले यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भएको बताए । त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने लक्ष्य रहेकोमा यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फछ्र्यौट गरेको बताए । असार २५ गतेसम्म कुल लक्ष्यको ९९.२१ प्रतिशत मुद्दा फछ्र्यौट भएको बताएका छन् । अझै ५ दिन बाँकी रहेको र यो समयसम्म शतप्रतिशत लक्ष्य हाँसिल गर्ने दाबी गरे । उच्च अदालत पाटनको इतिहासमै पहिलो पटक दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउन सफल भएको बताए ।

उनले भने, ‘यस वर्ष ११ हजार ८ सय ४५ थान मुद्दा नयाँ दर्ता भए । १७ हजार भन्दा बढी मुद्दाहरु लगतमा छन् । त्यसमध्ये ११ हजार ३ सय २३ थान मुद्दाहरु फछ्र्यौट गर्नुपर्ने थियो । यस आर्थिक वर्षमा ११ हजार २ सय ३४ थान मुद्दा फस्र्यौट गरेका छौँ । त्यो संख्या भनेको ९९.२१ प्रतिशत हो । यो असार २५ गतेसम्मको हो । अझै ५ दिन बाँकी छ । हामीले यो ५ दिनमा शतप्रतिशत नै लक्ष्य हाँसिल गर्नेकुरा सुनिश्चित छ । उच्च अदालत पाटनको इतिहासमा अहिलेसम्म दुई वर्ष नाघेका मुद्दाहरु शुन्य बनाउन सकेको छौँ ।’

पत्रकार सम्मेलनमा बोल्दै उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्यायपालिकाको पञ्चवर्षीय रणनीतिक योजनाअनुसार पहिलो वर्ष पूरा गरेको र सबै अदालतहरुको प्रगति सन्तोषजनक रहेको बताए । योजनाले राखेका लक्ष्यहरुतर्फ प्रयास उन्मुख रहेको बताए । पाटन उच्च अदालतले लक्ष्य प्राप्ति पूरा गरेको बताए । न्याय सम्पादन छिटो, छरितो बनाउने कुरा नै महत्वपूर्ण रहेको बताएका छन् । नयाँ दर्ता हुने मुद्दाको संख्या पनि बढेको बताए ।

उनले आागमी आर्थिक वर्षमा मुद्दाहरु १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अघि बढ्ने बताए ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?