Trending
>>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

पुँजीबजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर छः सन्तोषनारायण श्रेष्ठ


काठमाडौँ। धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पुँजी बजार द्रुत गतिमा विकास भएपनि नियमन कमजोर रहेको आफूले महशुस आफूले गरेको बताएका छन् ।

अर्थ समितिमा बिहीवार छलफलमा बोल्दै उनले पुँजीबजारको विस्तार अनुसार नियमन विगतमा नभएको र आफ्नो ६ महिनाको कार्यकालमा सुधार्ने कोशिस भएको बताए । लेखा समितिको पत्र र पछिल्लो अर्थ समितिको निर्देशनले आइपीओ जारीमा थप अन्योलता सिर्जना भएको उनले बताए । श्रेष्ठले आगामी दिनमा कसरी अघि बढ्नेबारे समितिबाटै निर्देशन हुनुपर्ने बताए । श्रेष्ठका अनुसार नयाँ स्टक एक्सचेन्जका विषयमा चिन्तामणी शिवाकोटीको प्रतिवेदन कार्यान्वयन गर्ने चरण गइसकेको छ । उक्त प्रतिवेदनले नयाँ स्टक दिन उपयुक्त हुने बताइएको छ । भइरहेको नेप्सेलाई पुनः संरचना गर्न भनिएको छ । पुरानोलाई कसरी लैजाने भन्नेबारे गृहकार्य भइरहेको उनले बताए ।

उनले भने–‘पुँजीबजारको जति छिटो विकास भइरहेको छ तर धितोपत्र बोर्डले त्यो अनुरुप नियमन गर्न सकेको छैन । हामीले महशुस गरेकै छौं । सुदृढ गर्न लागिरहेको छु । कुनैपनि अर्थतन्त्रमा मनी मार्केट र क्यापिटल मार्केट हो । हाम्रो मार्केटमा मनी मार्केटमा दबदबा छ । विस्तारै घटाएर लैजानुपर्छ ।’

श्रेष्ठकाअनुसार नयाँ स्टक एक्सचेञ्ज दिन कुनै रोकतोक छैन । अहिले तीन वटा प्रश्ताव आइसकेको छ । आएका तीन वटा प्रश्तावमाथि मूल्यांकन गरेर प्रक्रिया अघि बढाइनेछ । श्रेष्ठकाअनुसार धितोपत्रमा उत्पादनमुलक कम्पनी, राम्रा कम्पनीलाई बजारमा ल्याउन प्रिमियम जोडिने गरेको छ । अप्ठ्याराहरुलाई हटाउँदै सन्तुलित हिसावले अघि बढ्नुपर्छ । पुँजीबजार औजारहरु प्रोमोट गर्दै डिबेन्चर, बोनहरुलाई अघि बढाउने श्रेष्ठले बताए । धतोपत्र ऐन र नीति तथा कार्यक्रममा पनि नयाँ औजारहरुलाई अघि बढाउनेबारे सम्बोधन गर्ने उनको भनाई छ ।


प्रकाशित मिति: २६ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?