Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

टर्किएको परम्परागत तेल कुस्ती महोत्सव सम्पन्न


एजेन्सी। टर्किएको उत्तरपश्चिमी सीमावर्ती शहर एडिर्नमा तेल कुस्ती महोत्सव सम्पन्न भएको छ । शताब्दी पुरानो तेल कुस्ती महोत्सवले फेरि एक पटक भीडलाई उत्साहित र आकर्षित बनाएको हो ।

किर्कपिनार तेल कुस्ती महोत्सवको हप्ता लामो ६६४ औं संस्करण समापन गरिएको हो । जसले यस वर्षको बास्पेहलिवानलाई ताज पहिराएको छ । बास्पेहलिवान उपाधिले शक्ति र सीपको शिखरको प्रतिनिधित्व गर्दछ । युनेस्को द्वारा अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीवद्ध यो महोत्सव जब ओटोमन कमाण्डर सुल्तान मुरादले एडिर्नको विजयपछि ४० योद्धाहरूको सम्मानमा कुस्ती खेलको आदेश दिए । त्यसबेलादेखि यो टर्किएको सांस्कृतिक पर्वको रूपमा मनाइन्छ ।

यस वर्ष टर्कीभरिबाट लगभग ८ सय पहलवानहरूले एडिर्नको ऐतिहासिक सरायिची रंगशालामा १४ तौल वर्गमा प्रतिष्पर्धा गरेका थिए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?