Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

टर्किएको परम्परागत तेल कुस्ती महोत्सव सम्पन्न


एजेन्सी। टर्किएको उत्तरपश्चिमी सीमावर्ती शहर एडिर्नमा तेल कुस्ती महोत्सव सम्पन्न भएको छ । शताब्दी पुरानो तेल कुस्ती महोत्सवले फेरि एक पटक भीडलाई उत्साहित र आकर्षित बनाएको हो ।

किर्कपिनार तेल कुस्ती महोत्सवको हप्ता लामो ६६४ औं संस्करण समापन गरिएको हो । जसले यस वर्षको बास्पेहलिवानलाई ताज पहिराएको छ । बास्पेहलिवान उपाधिले शक्ति र सीपको शिखरको प्रतिनिधित्व गर्दछ । युनेस्को द्वारा अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीवद्ध यो महोत्सव जब ओटोमन कमाण्डर सुल्तान मुरादले एडिर्नको विजयपछि ४० योद्धाहरूको सम्मानमा कुस्ती खेलको आदेश दिए । त्यसबेलादेखि यो टर्किएको सांस्कृतिक पर्वको रूपमा मनाइन्छ ।

यस वर्ष टर्कीभरिबाट लगभग ८ सय पहलवानहरूले एडिर्नको ऐतिहासिक सरायिची रंगशालामा १४ तौल वर्गमा प्रतिष्पर्धा गरेका थिए ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?