Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

युएनएचआरसीद्वारा मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव पारित


एजेन्सी। संयुक्त राष्ट्र मानव अधिकार परिषद् (युएनएचआरसी) को ५९ औं सत्रले मंगलवार सबै मानव अधिकारको उपभोगमा विकासको योगदान शिर्षकको प्रश्ताव सर्वसम्मतिले पारित गरेको छ ।

चीनले २०१७ मा प्रश्ताव शुरु गरेपछि यो पहिलो पटक मतदान बिना सहमतिबाट पारित गरिएको छ । जेनेभास्थित संयुक्त राष्ट्र संघको कार्यालय र स्विट्जरल्याण्डका अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका लागि चीनका स्थायी प्रतिनिधि चेन सुले यो प्रश्तावले सबै मानव अधिकारको उपभोग सुनिश्चित गर्न विकासको महत्वपूर्ण भुमिकालाई पुनः पुष्टि गरेको बताए । राम्रो जीवनको लागि बढ्दो आकांक्षाहरू पूरा गर्न र मानव अधिकारको पूर्ण प्राप्तिलाई अगाडि बढाउन जनता–केन्द्रित उच्च–गुणस्तरको विकासको महत्वलाई प्रकाश पार्ने बताए ।

यो प्रश्तावले धेरै विकासशील देशहरूको साझा आकांक्षालाई प्रतिबिम्बित गर्दछ । यसलाई क्यामरुन र पाकिस्तानसहित ४० भन्दा बढी राष्ट्रहरूले संयुक्त रूपमा प्रायोजित गरेका थिए । क्युबा, बोलिभिया, इथियोपिया र केन्या जस्ता देशका प्रतिनिधिहरूले दृढ समर्थन व्यक्त गरेका छन् । यो प्रश्तावले मानव अधिकारको प्रवद्र्धनमा विकासको भुमिकाको बारेमा विश्वव्यापी जागरूकता बढाउन र दिगो विकासमार्फत मानव अधिकार संरक्षणको कारणलाई अगाडि बढाउन मद्दत गर्नेछ ।


प्रकाशित मिति: २५ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?