Trending
>>   रवि लामिछानेको अभियोगपत्र संशोधनसम्बन्धी मुद्दा ‘हेर्दाहेर्दै’ मा मंगलबारका लागि सारियो >>   विश्वविद्यालयमा तालाबन्दी अन्त्य र ‘सेन्ट्रल स्कलरसिप पोर्टल’ नेविसंघको नयाँ एजेण्डा >>   नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक >>   रवि लामिछाने विरुद्ध मुद्दा फिर्ता गर्ने निर्णयसम्बन्धी रिटमाथि आज सर्वोच्च अदालतमा बहस हुँदै >>   पुरानै राजनीतिक संस्कार बोकेर हिँड्यौँ भने जनताले पाँच वर्ष भन्दा टिक्न दिँदैनन्ः सांसद पोखरेल >>   शिक्षामा ५५ बुँदे सुधार र वडा तहमा बजेटको विकेन्द्रीकरण, वडा अध्यक्षहरूलाई शक्तिशाली बनाइयो : मेयर… >>   आठौं अन्तर्राष्ट्रिय जुडोमा पाम र एमएमएसी च्याम्पियन >>   निर्वाचन आयोगद्वारा प्रधानमन्त्री कार्कीसमक्ष निर्वाचन प्रतिवेदन पेश >>   शतक प्रेरित आर्मी र एपिएफ विजयी >>   सुक्दै गएका ढुंगेधारा र काकाकुल काठमाडौंको ‘मौन चित्कार’ (फोटो फिचर)
Logo
९ चैत्र २०८२, सोमबार
९ चैत्र २०८२, सोमबार

वर्तमान सरकारलाई समर्थन गरिरहनुको पछाडी गहिरो कारण छ : रवि लामिछाने


२४ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई समर्थन गरिरहनुको पछाडी एक कारण भएको बताएका छन् ।

चितवनको चुनावी सभामा बोल्दै लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलले समर्थन कायम राख्नुको गहिरो कारण भएको बताएका हुन् ।

उनले उक्त कार्यक्रममा भने, ‘समर्थन निकाल्न हामीलाई एक सेकेन्ड पनि लाग्दैन तर त्यसको एउटा कानुनी आधार छ, त्यसको एउटा कानुनी बाटो छ । त्यसको गहिरो कारण छ, हामी प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउँदाखेरि राष्ट्रपतिकहाँ जाँदाका हस्ताक्षरकर्ता हौं । त्यसकारणले यसको कानुनी अर्थ छ ।’

लामिछाने वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन-२ का उम्मेदवार हुन् । नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्चको आदेशसँगै उनको सांसद पद खारेज भएको थियो ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?