Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

वर्तमान सरकारलाई समर्थन गरिरहनुको पछाडी गहिरो कारण छ : रवि लामिछाने


२४ चैत्र, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारलाई समर्थन गरिरहनुको पछाडी एक कारण भएको बताएका छन् ।

चितवनको चुनावी सभामा बोल्दै लामिछानेले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलले समर्थन कायम राख्नुको गहिरो कारण भएको बताएका हुन् ।

उनले उक्त कार्यक्रममा भने, ‘समर्थन निकाल्न हामीलाई एक सेकेन्ड पनि लाग्दैन तर त्यसको एउटा कानुनी आधार छ, त्यसको एउटा कानुनी बाटो छ । त्यसको गहिरो कारण छ, हामी प्रधानमन्त्रीलाई प्रधानमन्त्री बनाउँदाखेरि राष्ट्रपतिकहाँ जाँदाका हस्ताक्षरकर्ता हौं । त्यसकारणले यसको कानुनी अर्थ छ ।’

लामिछाने वैशाख १० गते हुन लागेको उपनिर्वाचनमा चितवन-२ का उम्मेदवार हुन् । नागरिकता सम्बन्धि मुद्दामा सर्वोच्चको आदेशसँगै उनको सांसद पद खारेज भएको थियो ।


प्रकाशित मिति: २४ चैत्र २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?