Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

पोल्याण्डद्वारा जर्मनी र लिथुआनियासँगको सीमानामा चेकपोइन्टहरू पुनःस्थापित


एजेन्सी। पोल्याण्डले सोमवार जर्मनी र लिथुआनियासँगको सीमानामा अवैध आप्रवासन रोक्न र राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न चेकपोइन्टहरू पुनस्र्थापित गरेको छ ।

आन्तरिक तथा प्रशासन मन्त्रालयका अनुसार सरकारले जर्मन सीमानामा ५२ र लिथुआनियाली सीमानामा १३ चेकपोइन्टहरू तोकेको छ । जाँचहरू अगस्ट ५ सम्म ३० दिनसम्म प्रभावकारी रहनेछन् । प्रहरी र क्षेत्रीय रक्षा बलका सिपाहीहरूको सहयोगमा सीमा गार्डद्वारा गरिनेछ । बोर्ड गार्डका प्रवक्ता कोनराड स्ज्वेडले पोलिश प्रेस एजेन्सीलाई निरीक्षणहरू अनियमित रूपमा गरिने बताए । धेरै यात्रुहरू बोक्ने भ्यान र सवारी साधनहरू, साथै रंगीन झ्यालहरू भएका कारहरूलाई प्राथमिकता दिइनेछ ।

आन्तरिक तथा प्रशासन मन्त्री टोमाज सिमोनियाकले पोलिश–जर्मन सीमामा रहेको स्विको शहरमा पत्रकार सम्मेलनमा नागरिकहरूलाई नयाँ चेक प्वाइन्टहरूको बारेमा जानकारी गराउन र सहयोगलाई प्रोत्साहन गर्न राष्ट्रव्यापी शतर्कता जारी गरिएको छ । अक्टोबर २०२३ मा जर्मनीले अवैध आप्रवासनलाई रोक्ने व्यापक प्रयासको एक भागको रूपमा पोल्याण्डसँग सीमा नियन्त्रण शुरु गरेको थियो ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?