Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

पोल्याण्डद्वारा जर्मनी र लिथुआनियासँगको सीमानामा चेकपोइन्टहरू पुनःस्थापित


एजेन्सी। पोल्याण्डले सोमवार जर्मनी र लिथुआनियासँगको सीमानामा अवैध आप्रवासन रोक्न र राष्ट्रिय सुरक्षालाई सुदृढ पार्न चेकपोइन्टहरू पुनस्र्थापित गरेको छ ।

आन्तरिक तथा प्रशासन मन्त्रालयका अनुसार सरकारले जर्मन सीमानामा ५२ र लिथुआनियाली सीमानामा १३ चेकपोइन्टहरू तोकेको छ । जाँचहरू अगस्ट ५ सम्म ३० दिनसम्म प्रभावकारी रहनेछन् । प्रहरी र क्षेत्रीय रक्षा बलका सिपाहीहरूको सहयोगमा सीमा गार्डद्वारा गरिनेछ । बोर्ड गार्डका प्रवक्ता कोनराड स्ज्वेडले पोलिश प्रेस एजेन्सीलाई निरीक्षणहरू अनियमित रूपमा गरिने बताए । धेरै यात्रुहरू बोक्ने भ्यान र सवारी साधनहरू, साथै रंगीन झ्यालहरू भएका कारहरूलाई प्राथमिकता दिइनेछ ।

आन्तरिक तथा प्रशासन मन्त्री टोमाज सिमोनियाकले पोलिश–जर्मन सीमामा रहेको स्विको शहरमा पत्रकार सम्मेलनमा नागरिकहरूलाई नयाँ चेक प्वाइन्टहरूको बारेमा जानकारी गराउन र सहयोगलाई प्रोत्साहन गर्न राष्ट्रव्यापी शतर्कता जारी गरिएको छ । अक्टोबर २०२३ मा जर्मनीले अवैध आप्रवासनलाई रोक्ने व्यापक प्रयासको एक भागको रूपमा पोल्याण्डसँग सीमा नियन्त्रण शुरु गरेको थियो ।


प्रकाशित मिति: २४ असार २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?