Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा एमाले–काँग्रेसबीच कुनै समस्या छैनः बर्तौला


काठमाडौँ। नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले सात बुँदे समझदारी कार्यान्वयनका सम्बन्धमा प्रमुख सत्तारुढ दलहरु एमाले–काँग्रेसबीच कुनै समस्या नरहेको बताएका छन् ।

सोमवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका छन् । उनले दुई दलहरुबीच मजबुत समझदारी भएको दोहोर्याउँदै अन्य दलहरु सरकारमा आउने र छोड्ने प्रक्रियालाई स्वभाविक रुपमा लिनुपर्ने बताए । उनले संविधान संशोधन गर्ने निष्कर्षमा दुई दलहरु पुगिसकेको उल्लेख गर्दै के कुरामा संशोधन गर्ने भन्ने विषयमा आवश्यक छलफल हुनुपर्ने पनि बताए । संविधान संशोधनको प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरेर सत्तारुढ दलहरु अगाडि बढ्ने उनको दाबी छ ।

उनले भने, ‘सात बुँदे समझदारीकाप्रति दुई दलका बीचमा कुनै समस्या छैन । संसदमा सबै कुराहरु आत्मगत परिस्थिति र वस्तुगत परिस्थिति दुई वटै मिल्नुपर्छ । हामी आत्मगत परिस्थितिका आधारबाट भन्ने हो भने काँग्रेस र एमाले संसदको १० वर्षे अवधीको समिक्षा गर्नुपर्छ र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा उभियो । यो निर्णयमा दुई दल पुग्ने कुरा नै पहिलो स्टेप हो । के विषयमा संशोधन गर्छौं भन्ने कुरा त संसदमा गणितीय हिसावले आवश्यक छलफलका हिसावले हुन्छ ।’

अनुकुल समयमै सबै दलहरुको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने कुरामा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?