Trending
>>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो >>   काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः७ लाख ८३ हजार सदस्यको विवरण बुझाइयो >>   काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला >>   काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने >>   गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ >>   किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

तल्लो तहका प्रहरी कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिनु आपत्तिजनकः सांसद साह


काठमाडौँ। आम जनता पार्टीका सांसद प्रभु साहले सुरक्षा निकायका तल्लो तहका कर्मचारीहरूलाई नेताहरूका घरमा घरेलु कामदारका रूपमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै सांसद शाहले देश र जनताको सेवा गर्न आएका सिपाहीहरूलाई नेताहरू तथा प्रहरीकै उच्च पदस्थ अधिकारीहरूको घरमा निजी कामदार बनाइएको भन्दै आपत्ति जनाएका हुन् । उनले तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? भन्दै गृहमन्त्री लेखकलाई प्रश्न गरे । प्रहरीको डिआईजीभन्दा माथिल्लो दर्जाका अधिकारीको घरमा गाडी चलाउन र घरधन्दा गर्न पनि प्रहरी जवान प्रयोग गरिएको भन्दै छानविन गर्न माग गरे । उनले सुरक्षा निकायका उच्चपदस्थ व्यक्तिहरुको घरको सिसिटिभी समेत जाँच गर्नुपर्ने बताएका छन् ।

उनले भने, ‘सुरक्षा निकायका तल्लो तहका कर्मचारीलाई घरेलु कामदारमा लगाइएको छ । बन्दुक बोकेर देश र जनताको सुरक्षा गर्छु, सेवा गर्छु भनेर सुरक्षा निकायमा जागिर गर्न आएका ती सिपाहीहरुलाई नेताहरुको घरमा चाकडी गर्न लगाउँदा, सिपाहीहरुलाई प्रहरी निकायकै उच्च ओहोदाका कर्मचारीको घरमा निजी कामदार बनाउँदा कत्तिको उचित छ ? म गृहमन्त्रीज्यूलाई सोध्न चाहान्छु, तपाईको कमाण्डमा सुरक्षा निकाय छ कि छैन ? तपाईहरुको सरकार कानूनअनुसार चल्छ कि चल्दैन ? यदि कानूनअनुसार चल्छ भने यस्तो किन भइरहेको छ ? डिआईजीभन्दा माथिको घरमा सवारी चालक पनि प्रहरी जवान हुने र घुरेलु कामदार पनि प्रहरी जवान हुने ? यहाँ कतिपय सांसदहरुका गाडी पनि प्रहरीेले चलाइरहेका छन् । यो कानूनसम्मत हो कि होइन ? अहिले मौजुदा कानून मिल्छ ?’

उनले प्रहरी कर्मचारीहरुको दुरुपयोगको सम्बन्धमा छानविन गर्न समिति गठनको समेत माग गरे ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?