Trending
>>   नानिचासँगै यो वर्षको इन्द्र जात्रा सकियो(फोटो फिचर) >>   सरकार पूर्णरूपमा असफल, चाडपर्वपछि सशक्त आन्दोलनमा उत्रिन्छौंः महेश बस्नेत >>   औद्योगिक क्षेत्रका समस्या समाधान गरेर अघि बढ्नुपर्छःविद्यादेवी भण्डारी >>   एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ >>   पहिरोले अवरुद्ध कान्ति लोकपथ एकतर्फी सञ्चालनमा >>   कोदारी नाकाको पूर्ण सञ्चालनका लागि नेपाल–चीन उच्चस्तरीय पहल >>   केही नेपाल ऐन जगाउने विधेयकमा सांसदहरूको मिश्रित धारणाः कानूनी अन्योल अन्त्य गर्ने विश्वास >>   निष्क्रिय अध्यादेशका प्रावधान ब्युँताउन सरकारले ल्यायो ‘केही नेपाल ऐन संशोधन विधेयक’ >>   सरकारको कार्यशैलीप्रति नेकपा सांसद शर्माको आपत्तिः ‘अध्यादेशको शासन लोकतन्त्रको उपहास’ >>   प्रतिनिधि सभामा ‘डिप्लोमा इन्जिनियरिङ परिषद् विधेयक’ प्रश्तुत
Logo
१४ आश्विन २०८३, बुधबार
१४ आश्विन २०८३, बुधबार

प्रधानमन्त्रीको दाबीः राम नेपालमै जन्मिएका हुन्, प्रचार गर्न किन डराउने


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको बताएका छन् ।

सोमवार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन् । यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए । कसैले त्यत्तिकै कथा हालेर रामको जन्मभूमि बदल्न नसक्ने उनको भनाइ छ । राम जन्मभूमि अहिले नेपालमा पर्ने र तर्कसंगत हिसावले पनि अन्यत्र हुन नसक्ने उनको दाबी छ । अरु रिसाउँछ भनेर रामको जन्मभूमि नेपाल हो भन्नबाट डराइरहेको भन्दै नडराइकन रामको जन्भूमि नेपाल हो भन्ने आग्रह गरे । यो आफूले नभइ वाल्मीकिकृत रामायणमा लेखिएको उल्लेख गरे । भगवान शिव, ऋषि विश्वामित्र नेपालकै रहेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘हामी टुरिजमको कुरा गर्छौं तर नेपालमा राम जन्मिएका अन्त कसैले त्यत्तिकै कथा हालेर हुन्छ । फलानो ठाउँमा जन्मिएका भनेर । राम जन्मिएका नेपालमा हो । नेपालको भूमिमा पर्छ, त्यो ठाउँ अहिले । उसबेला पनि नेपालै थियो भन्दिनँ म । के थियो, के थिएन, थारु गाउँ थियो की ? के थियो । तर अहिले त्यो भूभाग नेपालमा पर्दछ । राम भगवान हुन् भने मान्नु नमान्नु आफ्नै कुरा हो । जसले रामलाई भगवान मान्छ, रामको जन्मभूमि पवित्र छ । यति प्रचार गर्न सक्दैनौँ हामी । यति भन्न सक्दैनौँ । यति आँट गर्दैनौँ । अफ्ठ्यारो लाग्छ । को रिसाउँछ जस्तो लाग्छ, साँचो बोल्दाखेरी रिसाउँछ जस्तो लाग्छ भने अनि हामीले के गरि खान्छौँ । शिव यहीँका हुन्, विश्वामित्र यहीँका हुन् । मैले लेखेको होइन नि रामायण, वाल्मीकिकृत रामायणमा कोशी नदी तरेर पश्चिम गएर राम लक्ष्मणलाई शिक्षा दिए विश्वामित्रले भनेको छ । मैले लेखेको होइन त्यो । विश्वामित्र चतराका हुन् भन्ने स्पष्ट छ ।’

प्रधानमन्त्री ओलीले पर्यटन बोर्डले नेपालको प्रचार गर्न विदेश जानुपर्ने काम नरहेको बताए । अनलाइनका माध्यमबाट नेपवालबाटै प्रचारप्रसार गर्न सकिने बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?