Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१५ माघ २०८२, बिहीबार
१५ माघ २०८२, बिहीबार

स्पेन भ्रमणमा नेपालको हित, पहिचान र आवाज उठायौँः प्रधानमन्त्री ओली


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज उठाएको बताएका छन् ।

प्रतिनिधि सभाको सोमवारको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो बताएका हुन् । उनले नेपाल जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गरे । उनले नेपालले स्पेन भ्रमणका क्रममा एक ढंगले नेतृत्वदायी भुमिका खेलेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, ‘यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज, त्यो मात्रै होइन, हामी जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको आवाजलाई मुखरित गर्ने काम गरेका छौँ । एक ढंगले नेतृत्वदायी भुमिकासमेत खेलेका छौँ ।’

प्रधानमन्त्री ओलीले रियल मड्रिड रंगशालाको आफूले अवलोकन गरेर र त्यस क्रममा दुई देशको खेल सम्बन्ध अभिवृद्धि गर्नेकुरा र नेपालको खेल र रंगशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको बताए ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?