Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२३ मंसिर २०८२, मंगलवार
२३ मंसिर २०८२, मंगलवार

भन्सार नियमावली संशोधन, एक्जिम कोडका लागि राखिएको जमानत फुकुवा हुने


काठमाडौँ। सरकारले भन्सार नियमावली संशोधन गरेको छ ।

भन्सार नियमावलीलाई सोह्रैपटक संशोधन गर्दै एक्जिम कोड प्रदान गर्दा भन्सार विभागको नाममा राख्दै आएको तीन लाख रुपैँया बराबरको जमानत सम्बन्धि व्यवस्थालाई हटाएको हो । अब जमानत राखेका पैठारीकर्ताहरुको बैंक जमानत फुकुवा हुनेछ । भन्सार विभागले हालै वाणिज्य बैंकहरुलाई एक पत्र लेख्दै बैंक तथा शाखाहरुमा विभिन्न पैठारीकर्ताहरुले निकासी पैठारी संकेत नम्बर (एक्जिम कोर्ड) लिनका लागि राखेको तीन लाख रुपैँया बराबारको बैंक जमानत फुकुवा गरिदिन भनेको छ ।

भन्सार विभागले लेखेको पत्र कार्यान्वयनका लागि सहजिकरण गर्न भन्दै राष्ट्र बैंकसम्म पुगेको छ । खासगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक्जिम कोड लिदाँ राख्नुपर्ने धरौटी हटाउने घोषणा बजेटमार्फत गर्नुभएको थियो । सोहीअनुसार नियमावली संशोधन गरेर कार्यान्वयनमा लगिएको हो । भन्सार विभागकाअनुसार करिव १५ हजार एक्जिम कोड जारी भइसकेको छ । एक्जिम कोर्ड अन्तर्राष्ट्रिय स्तरमा ब्यापार गर्नका लागि प्रयोग गरिने अनुमतिपत्र हो । आयात तथा निर्यात गर्दा यसको प्रयोग गर्ने गरिएको छ ।

नेपालले १६१ वटा मुलुकसँग वैदेशिक व्यापार गर्दै आएको छ । जसमध्ये ३७ वटा मुलुकसँग व्यापार नाफा र १२४ वटा मुलुकसँग व्यापार घाटाको अवस्था रहेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले वैदेशिक व्यापार गरेका मुलुकमध्ये अफगानिस्तानसँग सबैभन्दा धेरै व्यापार नाफाको अवस्था रहेको छ भने भारतसँग सबैभन्दा धेरै व्यापार घाटाको अवस्था छ । चालु आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्मको वैदेशिक व्यापारमा नेपालले अफगानिस्तानबाट चार करोड २५ लाख २० हजार रुपैयाँ बराबरको वस्तु आयात गरेको थियो भने भने ७४ करोड १८ लाख ३६ हजार रुपैयाँको वस्तु अफगानिस्तान निर्यात गरेको थियो ।

त्यस्तै नेपालले डेनमार्क, रसिया फेडेरेसन, रोमानिया, लाओ पिपल्स डेमोक्य्राटिक, आइसल्याण्ड, न्यू क्यालेडोनिया, माल्दिभ्स, यमन, माल्टा, क्रोयसिया लगायतका ३७ वटा मुलकमा नाफाको वैदेशिक व्यापार गरेको छ ।


प्रकाशित मिति: २३ असार २०८२, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?