Trending
>>   चन्द्रागिरीका विपन्न विद्यार्थीलाई पूर्व प्रशासक श्रेष्ठकाे पहलमा ट्रयाक सुट वितरण >>   मान्छे नमार्ने थारु हत्यारा भयो, मान्छे मारेको स्वीकार गर्नेहरु सरकारसँगै छन् : रेशम चौधरी >>   अहिलेको संघीय संरचना भत्काउनुपर्छः अध्यक्ष यादव >>   काभा मेन्स च्याम्पियन्स लिग जित्ने लक्ष्यमा हेल्प नेपाल >>   अहिले परोपकारी काम गरौँ, मर्दा मानिसले केही लैजाँदैनः प्रधानमन्त्री ओली >>   समाज रुपान्तरणको लागि विचार सबैभन्दा महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी >>   एमाले अहिले पनि नौजवान पार्टी होः सचिव भट्टराई >>   आधुनिक लोकतन्त्रको विकल्प छैनः सभामुख घिमिरे >>   राजनीतिक दलहरु बलियो हुँदा मात्रै राज्य बलियो हुन्छः उपमहासचिव बस्नेत >>   देशमा राजनीतिक दलहरु सर्वशक्तिमान भएः महामन्त्री बुर्लाकोटी
Logo
२८ असार २०८२, शनिबार
२८ असार २०८२, शनिबार

वैदिक कालमा नेपाल चिनाउने महान ‘गार्गी’


✍️ गोपाल पाल्पाली र्आचार्य

नेपाल त्यस्तो देश हो जहाँ प्राचीन कालदेखि नै ज्ञान, बिज्ञान, त्याग, तपस्या, साहस र बलिदानका अतुलनीय उदाहरणहरु प्रस्तुत गर्ने महान नारीहरुको जन्म भएको थियो । जसको ज्ञान् र विद्वताले गर्दा नारीहरुलाई शिक्षा र अवसर प्राप्त भएमा कुनै पनि पुरुष भन्दा कम छैनन् भन्ने कुरा प्रमाणित गरेका थिए । यो आजको कुरा हैन, हजारौं वर्ष अगाडि वैदिक कालको कुरा हो ।

जतिबेला पश्चिमा मुलुकका नारीहरु ‘बच्चा जन्माउने मेसिन’ का रूपमा मात्र चिनिन्थे, त्यतिबेला हाम्रो देशका नारीहरु राजाको दरबारमा विद्वत सभामा भाग लिइरहेका हुन्थे । पश्चिमा मुलुकमा नारीलाई ‘खैलौना’ को रूपमा मात्रै प्रयोग गरिने भएकोले त्यसबाट मुक्ति पाउन नारीहरुले शताब्दीऔं सम्म संघर्ष गर्नुपरेका कारण संघर्ष पश्चात् उन्मुक्ति पाएको दिनलाई उनीहरुले आजसम्म पनि ‘नारी दिवस’ का रूपमा मनाउने गर्छन् । जतिबेला उनीहरुले ‘महिला अधिकार’ को आन्दोलन चर्काएर महिलामाथि हुने चरम दमन, शोषण र अत्याचार विरुद्ध लड्नुपर्ने अवस्था थियो, त्यतिबेला हाम्रा देशका नारीहरु विद्वानहरुको विद्वत सभामा भाग लिइरहेका हुन्थे ।

वैदिक कालमा नेपाललाई चिनाउने महान नारीहरुको नाम लिनुपर्दा विद्वानको रूपमा सबैभन्दा अगाडी आउने नाम हो – ‘गार्गी’ । गर्ग गोत्रमा जन्मिएको हुनाले उनलाई गार्गी भनिन्थ्यो। गार्गी एक उच्च शिक्षित विद्वान नारी थिइन्।

एक पटक मिथिलानगरीका राजा जनकले महायज्ञको आयोजना गरे । जसमा देशैभरका विद्वानहरु लाई निमन्त्रणा दिइएको थियो । राजा जनकको मनमा यहाँ आएका विद्वानहरूमध्ये सबैभन्दा उच्च विद्वान को हो भनेर पत्ता लगाउने इच्छा जाग्यो।
त्यसका लागि उनले आफ्नो गोठका एक हजार गाईको सिङमा दस दसवटा सुनको सिक्काको थैलो राखेर बाँधे । त्यसपछि उनले घोषणा गरे कि उपस्थित विद्वानहरु बीच शास्त्रार्थ गर्ने, जसले शास्त्रार्थमा जित्नेछन ती विद्वानले सुनको सिक्काको थैलो सहित सबै (एक हजार) गाई पुरस्कार स्वरुप पाउनेछन् ।

राजाको घोषणा सुनेर विद्वानहरु मुखामुख गर्न थाले । एकहजार गाई सहित दस दस वटा सुनको सिक्का राखिएका एकहजार थैलो समेत लैजान पाउने अवसर थियो । तर गाई लैजानु अघि आफुलाई सबैभन्दा विद्वान प्रमाणित गर्नुपर्ने सर्त थियो । त्यसको लागि उपस्थित सबैलाई शास्त्रार्थ द्वारा हराउनुपर्ने थियो । एकछिन सम्म सभामा मौनता छायो । कोहि अगाडी सरेनन । एकछिन पछि महाविद्वान याज्ञवल्क्यले आफ्ना चेलाहरुलाई आदेश दिदै भने- ‘तिमीहरू जाउ र सबै गाईहरु फुकाएर मेरो आश्रममा लैजाउ ।’
चेलाहरूले गाईहरूलाई डोरीबाट फुकाएर लैजान थाले। यो देखेपछि उपस्थित सबै विद्वानहरुले प्रश्न गरे – ‘के तपाईंले शास्त्रार्थ नै नगरीकन आफुले आफैलाई बिजेता मानेर शिष्यहरुलाई गाई फुकाउने आदेश दिनुभएको हो ?’

याज्ञवल्क्यले विनम्रतापूर्वक जवाफ दिए, ‘त्यस्तो होइन। म यहाँ उपस्थित सबै विद्वानहरूलाई सम्मान गर्दछु। मैले गाई यसकारण लिदैछु कि मलाई ती गाइहरुको आवश्यकता छ । यदि तपाईंहरुलाई आपत्ति छ भने मलाई शास्त्रसम्मत प्रश्नहरु गर्नुहोस्, मैले एक एक जवाफ दिदै जानेछु । यदि जवाफ दिन सकिन र हारेछु भने शिष्यहरुलाई गाईहरु जहाँको त्यहीँ बाँध्न आदेश दिनेछु ।’

त्यसपछि शास्त्रार्थ शुरु भयो । सबैले प्रश्न गर्दै गए, उनले जवाफ दिदै गए । प्रश्नहरु सकिए, विद्वानहरु मौन भए । गार्गीले चुपचाप हेरिरहेकी थिइन् । विद्वानहरुको प्रश्न सकिएपछि उनले गार्गीले राजासंग भनिन् – ‘हे राजन, तपाईंको अनुमति पाए मैले पनि केही प्रश्नहरु याज्ञवल्क्य ज्यु समक्ष राख्न चाहन्छु ।’ राजाले अनुमति दिए । गार्गीले याज्ञवल्क्यलाई प्रश्न गर्न थालिन् । गार्गीका प्रश्नहरू धेरै उच्चस्तरीय तथा गहिरो अध्ययनमा आधारित गहन प्रश्नहरु थिए। त्यस्ता अद्भुत प्रश्नहरू सुनेर विद्वानहरूले गार्गीको ज्ञानको प्रशंसा गर्न थाले। अन्तमा एउटा यस्तो प्रश्न आयो, जसमा याज्ञवल्क्य रोकिए र जवाफ दिन सकेनन् ।

गार्गी निकै बुद्धिमान थिइन् । उनी कुनै विद्वानको अपमान होस् भन्ने चाहन्थिनन् । त्यो पनि याज्ञवल्क्य जस्ता उच्च विद्वानको त्यत्रो ठूलो राजसभामा अपमान होस् भन्ने उनले चाहने कुरै भएन । उनले शान्त हुँदै भनिन -‘यस सभामा याज्ञवल्क्यभन्दा ठूलो विद्वान कोही छैन, उहाँलाई कसैले हराउन सक्दैन । मेरा प्रश्नहरु सकिए, अब मसंग उहाँलाई सोध्न कुनै प्रश्न बाकी छैन ।’

सम्पूर्ण सभाले गार्गीको विद्वता र उदारताको खुलेर प्रशंसा गर्न थाले। ज्ञान र उदारताका यस्ता अतुलनीय प्रतिभाहरू हाम्रो देशको गौरव हुन्।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?