Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

लेबनानमा इजरायली हवाई आक्रमणबाट १ जनाको मृत्यु


एजेन्सी। लेबनानको राजधानी बेरुतको दक्षिणमा रहेको खाल्देह राजमार्गमा इजरायली ड्रोन आक्रमणमा एक जनाको मृत्यु भएको छ । साथै अन्य तीन जना घाइते भएको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

बेरुतको विमानस्थलबाट केही किलोमिटर टाढा भएको हवाई आक्रमणले राजमार्गमा भारी ट्राफिक भएको थियो । धेरै पार्क गरिएका सवारी साधनहरूमा क्षति पुर्याएको जनाइएको छ । यसैबीच इजरायली सेनाको एक विज्ञप्तिअनुसार लेबनानमा भएको आक्रमणमा इरानको कुद्स फोर्ससँग संवद्ध एक लडाकूको मृत्यु भएको छ । नोभेम्बर २०२४ मा भएको युद्धविराम सम्झौताको बाबजुद पनि लेबनानमा यो पछिल्लो इजरायली हमला थियो ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?