Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

इजरायली सेनाद्वारा गाजाको ६५ प्रतिशत भूभाग नियन्त्रणमा लिएको दाबी


एजेन्सी। इजरायल रक्षा बलले शुक्रवार एक विज्ञप्तिमार्फत हाल गाजा पट्टीको ६५ प्रतिशतभन्दा बढी भूभागमा आफ्नो नियन्त्रण कायम राखेको जनाएको छ । उक्त विज्ञप्तिमा इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरू मुख्यतया उत्तर, दक्षिण र पूर्वी भागहरू रहेको जनाएको छ ।

इजरायलको च्यानल १२ समाचारकाअनुसार मार्चमा इजरायली सेनाले गाजामा आफ्नो आक्रमण पुनः शुरु गर्दा यसले ७५ प्रतिशत भूभाग नियन्त्रण गर्ने लक्ष्य राखेको थियो । गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार अक्टोबर २०२३ मा शुरु भएको गाजामा इजरायलको आक्रमणमा ५७ हजार १ सय ३० प्यालेस्टिनीको मृत्यु भएको छ । १ लाख ३५ हजार १ सय ७३ जना घाइते भएका छन् ।


प्रकाशित मिति: २१ असार २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?