Trending
>>   माजिपा लाखे आजुको उग्र तर करुणामयी नृत्यारम्भ (फोटो फिचर) >>   डीएनए परीक्षण गर्न चीनद्वारा नेपाललाई आवश्यक प्रविधि हस्तान्तरण >>   बेपत्ता नागरिकलाई ‘मृतक सरह’ मान्यता दिन नेकपा सांसदको माग >>   सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने >>   मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई >>   बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी अझै बेपत्ता >>   जानकी मन्दिर विश्व सम्पदा सूचीमा लैजाने प्रक्रिया अघि बढ्यो : सांसद झा >>   महँगी, बाढी पीडितको राहत र सञ्चार क्षेत्रका समस्यामा सांसदहरूको सरकारलाई दबाब >>   एमाले केन्द्रिय कमिटी बैठक आज पनि जारी >>   हनुमानढोकामा इन्द्रध्वजा स्थापनासँगै काठमाडौंमा ऐतिहासिक इन्द्रजात्रा आरम्भ (तस्बिरहरु)
Logo
७ आश्विन २०८३, बुधबार
७ आश्विन २०८३, बुधबार

रूसी कार्गो अन्तरिक्ष यानद्वारा आफ्नो अभियान पूरा


एजेन्सी। रूसी कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस २९ ले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनको भागको रूपमा छ महिनाभन्दा बढी समय कक्षामा बिताएपछि आफ्नो अभियान पूरा गरेको छ ।

रूसको राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले बुधवार यसबारे जानकारी गराएको हो । यसको भग्नावशेष दक्षिण प्रशान्त महासागरको गैर नेभिगेसनल क्षेत्रमा खसेको छ । कम्पनीकाअनुसार अन्तरिक्ष यान मंगलवार मस्को समयअनुसार २१ः४३ मा आइएसएसको पोइस्क मोड्युलबाट अनडक गरिएको थियो ।

नोभेम्बर २१, २०२४ मा बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरिएको, प्रोग्रेस एमएस–२९ दुई दिन पछि आइएसएसमा डक भयो । बिहीवार बैकोनुर कोस्मोड्रोमबाट प्रक्षेपण गरिने अर्को कार्गो अन्तरिक्ष यान प्रोग्रेस एमएस–३१, आईतवार आईएसएसमा अवतरण गर्ने अपेक्षा गरिएको छ ।


प्रकाशित मिति: १९ असार २०८२, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?