Trending
>>   सभापति थापाको टिप्पणीः विद्यालय शिक्षा विधेयक शिक्षक विधेयक जस्तै भयो >>   शिक्षाको पहुँच देशका कुनाकाप्चासम्म पुर्याउनुपर्ने टड्कारो चुनौति छः सभापति देउवा >>   रक्षा मन्त्रालयमा मानवीर राईको एक वर्षः ७ सुरुङमध्ये एकमा ब्रेक थ्रु, ८९ पुलमध्ये ५ वटा… >>   सरकारका गुण र दोषको जिम्मेवारी काँग्रेस—एमाले दुवैले लिनुपर्छः नेता सिटौला >>   लुटपाट गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ >>   जनताको आर्थिक स्थितिलाई रुपान्तरित गर्नु आजको आवश्यकताः सांसद विश्वकर्मा >>   संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे >>   संसद भवन निर्माण ढिलाईः कार्ययोजनासहित छलफलमा आउन संसदीय समितिले गर्यो शहरी विकास मन्त्रालयलाई पत्राचार >>   नेपाल कानून आयोगको सुझावः कानून व्यवसायी परिषद् सम्बन्धी नयाँ ऐन ल्याएको भए उपयुक्त हुन्थ्यो >>   मन्त्री मण्डल पुनःगठन गर्नेकुरा सामान्य होः मन्त्री गुरुङ
Logo
१ श्रावण २०८२, बुधबार
१ श्रावण २०८२, बुधबार

नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढेः दीपकराज जोशी


काठमाडौँ। नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीले नयाँ गन्तव्य खोजेर हिँड्ने पर्यटकहरु बढ्दै गएको बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका छन् । उनले अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम धेरै बढिरहेकाले सरकारले पनि सोहीअनुसार योजना अघि बढाइरहेको उल्लेख गरे । उनले सोलो ट्राभल डेस्टिनेशन पनि अत्याधिक बढिरहेकाले यो ट्रेनलाई समातेर बोर्डले आफ्ना कामहरु गरिरहेको उल्लेख गरे । पर्यटनसँगै प्रविधिको विस्तार गर्न पनि जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले नयाँ डेस्टिनेसन खोजेर हिँड्ने टुरिजम एकदमै बढेको छ । सोलो ट्राभल डेस्टिनेशन बढेको छ । यस्तो खालको ट्रेन छ । त्यसलाई हामीले क्याचअप गर्नुपर्छ । टेक्नोलोजीको एडप्ट बढाउनुपर्नेछ । केही होटलहरु आए पनि क्वालिटी बढाउनुपर्नेछ ।’

उनले हिमाल, धार्मिक क्षेत्रहरुमा पर्यटन प्रवद्र्धनमा जोड दिनेगरी योजनाहरु अघि बढाइरहेको बताए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?