Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१२ माघ २०८२, सोमबार
१२ माघ २०८२, सोमबार

भारतको तेलंगाना रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३५ पुग्यो


एजेन्सी। दक्षिणी भारतीय राज्य तेलंगानामा एक रासायनिक कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।

तेलंगानाको राजधानी हैदराबादबाट लगभग ४८ किलोमिटर उत्तरपश्चिममा रहेको संगारेड्डी जिल्लाको पाशामिलाराम औद्योगिक क्षेत्रमा सोमवार विस्फोट भएको थियो । अधिकारीहरूकाअनुसार सिगाची रासायनिक उद्योगको माइक्रोक्रिस्टलाइन सेल्युलोज सुकाउने एकाइमा सोमवार बिहान ९ः४८ बजेतिर विस्फोट भएको थियो ।

अधिकांश शवहरू चिन्न नसकिने गरी जलेकाले, अधिकारीहरूले पोस्टमार्टम र डीएनए नमूना सङ्कलनमा सहयोग गर्न हैदराबादको उस्मानिया जनरल अस्पतालबाट विशेष फोरेन्सिक टोली ल्याएका छन् । विस्फोटको समयमा कारखाना भित्र लगभग १५० जना उपस्थित थिए । जसमध्ये ९० जना प्रभावित क्षेत्रमा थिए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?