Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

भारतको तेलंगाना रासायनिक कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या ३५ पुग्यो


एजेन्सी। दक्षिणी भारतीय राज्य तेलंगानामा एक रासायनिक कारखाना भित्र भएको ठूलो विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ । ३० भन्दा बढी घाइते भएका छन् ।

तेलंगानाको राजधानी हैदराबादबाट लगभग ४८ किलोमिटर उत्तरपश्चिममा रहेको संगारेड्डी जिल्लाको पाशामिलाराम औद्योगिक क्षेत्रमा सोमवार विस्फोट भएको थियो । अधिकारीहरूकाअनुसार सिगाची रासायनिक उद्योगको माइक्रोक्रिस्टलाइन सेल्युलोज सुकाउने एकाइमा सोमवार बिहान ९ः४८ बजेतिर विस्फोट भएको थियो ।

अधिकांश शवहरू चिन्न नसकिने गरी जलेकाले, अधिकारीहरूले पोस्टमार्टम र डीएनए नमूना सङ्कलनमा सहयोग गर्न हैदराबादको उस्मानिया जनरल अस्पतालबाट विशेष फोरेन्सिक टोली ल्याएका छन् । विस्फोटको समयमा कारखाना भित्र लगभग १५० जना उपस्थित थिए । जसमध्ये ९० जना प्रभावित क्षेत्रमा थिए ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?