Trending
>>   कार्यालय समयमा तलबसंगै भत्ता लिने व्यवस्था हटाऔँ- अमरेश कुमार सिंह >>   संवैधानिक पदाधिकारी र न्यायाधीशले सम्पती सार्वजनिक गर्नुपर्छ : सांसद यज्ञमणि न्यौपाने >>   न्यायपालिकामाथिको प्रहार लोकतन्त्रका लागि घातकः सांसद बराल >>   जेन–जी आन्दोलनका बन्दीलाई दशैँअघि रिहा गर्न सांसद सेञ्चुरीको माग >>   प्रश्तावित राजदुतहरूको संसदीय सुनुवाई प्रक्रिया शुरुः दशैँअगावै नियुक्ति टुंग्याउने समितिको तयारी >>   बैंकिङ क्षेत्र अर्थतन्त्रको मुटु हो, यसलाई होसियारीपूर्वक चलाउनुपर्छ : सिबिफिन अध्यक्ष उपाध्याय >>   सरुवा–बढुवाको विकृतिः सभामुखमार्फत महामन्त्री आचार्यले मागे ‘नातागोताको सराप’बाट मुक्ति >>   भन्सार अधिकृतको धम्कीपूर्ण अडियो प्रकरणः रास्वपा सांसद संग्रौलाद्वारा छानबिनको माग >>   राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय बनाउने बाटो नखोल्न मन्त्री पुनको चेतावनी >>   नयाँ विशेषता सहितको १ हजारको नोट आजदेखि चलनचल्तीमा
Logo
८ आश्विन २०८३, बिहीबार
८ आश्विन २०८३, बिहीबार

तापक्रम बढ्दै जाँदा बेलायतमा स्वास्थ्य शतर्कता अपनाइँदै


एजेन्सी। बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागहरूमा स्वास्थ्य शतर्कता अपनाइएको छ ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ । जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा पनि तातो छ । मौसम कार्यालयकाअनुसार सोमवार र मंगलवारसम्म तातो मौसम जारी रहने पूर्वानुमान गरिएको छ ।

केही मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम ३४ वा ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । यदि यस्तो भयो भने १९३० पछि बेलायतमा जुनको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा बढी भएको यो चौथो पटक मात्र हुनेछ । यद्यपि १९७६ मा स्थापित ३५.६ डिग्री सेल्सियसको जुनको रेकर्ड तोडिने अपेक्षा गरिएको छैन । गत आईतवार दक्षिणपूर्वी इङ्गल्याण्डका केही भागहरूमा ३१ डिग्री सेल्सियस पुगेको थियो ।

मौसम स्वास्थ्य चेतावनी प्रणालीअन्तर्गत एम्बर अलर्टको अर्थ सम्पूर्ण स्वास्थ्य सेवामा मौसमी प्रभावहरू महशुस हुने सम्भावना छ । यसैबीच युरोपभरि तिब्र तापक्रम रेकर्ड गरिएको छ । दक्षिणी स्पेनको एन्डालुसियामा शनिवार ४६ डिग्री सेल्सियस तापक्रम देखिएको थियो भने आईतवार मध्य पोर्चुगलको मोरा शहरमा ४६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जलवायु परिवर्तनका कारण गर्मीको लहर र अत्यधिक तापक्रम बढ्दो र घातक बन्दै गएको छ ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?