Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

तापक्रम बढ्दै जाँदा बेलायतमा स्वास्थ्य शतर्कता अपनाइँदै


एजेन्सी। बेलायतमा लामो समयदेखि गर्मीको लहर जारी रहँदा धेरै भागहरूमा स्वास्थ्य शतर्कता अपनाइएको छ ।

बेलायती स्वास्थ्य सुरक्षा एजेन्सीले आफ्नो एम्बर ताप स्वास्थ्य शतर्कता थप क्षेत्रहरूमा विस्तार गरेको छ । जहाँ तापक्रम ३३ डिग्री सेल्सियसमा पुगेको छ । जसले गर्दा यो मेक्सिको, बार्बाडोस र जमैका जस्ता बिदा मनाउने ठाउँहरू भन्दा पनि तातो छ । मौसम कार्यालयकाअनुसार सोमवार र मंगलवारसम्म तातो मौसम जारी रहने पूर्वानुमान गरिएको छ ।

केही मध्य र पूर्वी क्षेत्रहरूमा तापक्रम ३४ वा ३५ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । यदि यस्तो भयो भने १९३० पछि बेलायतमा जुनको तापक्रम ३४ डिग्री सेल्सियसभन्दा बढी भएको यो चौथो पटक मात्र हुनेछ । यद्यपि १९७६ मा स्थापित ३५.६ डिग्री सेल्सियसको जुनको रेकर्ड तोडिने अपेक्षा गरिएको छैन । गत आईतवार दक्षिणपूर्वी इङ्गल्याण्डका केही भागहरूमा ३१ डिग्री सेल्सियस पुगेको थियो ।

मौसम स्वास्थ्य चेतावनी प्रणालीअन्तर्गत एम्बर अलर्टको अर्थ सम्पूर्ण स्वास्थ्य सेवामा मौसमी प्रभावहरू महशुस हुने सम्भावना छ । यसैबीच युरोपभरि तिब्र तापक्रम रेकर्ड गरिएको छ । दक्षिणी स्पेनको एन्डालुसियामा शनिवार ४६ डिग्री सेल्सियस तापक्रम देखिएको थियो भने आईतवार मध्य पोर्चुगलको मोरा शहरमा ४६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जलवायु परिवर्तनका कारण गर्मीको लहर र अत्यधिक तापक्रम बढ्दो र घातक बन्दै गएको छ ।


प्रकाशित मिति: १८ असार २०८२, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?